• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘नियमावली १४० (११) संविधानसँग बाझिन्छ’ राजमो भन्छ– ‘सरकार फासिवादी दिशातर्फ’


  •   बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाले प्रतिनिधिसभा नियमावली–२०८३ को नियम १४० को उपनियम ११ संविधानसँग बाझिएको बताउँदै सो नियमको आधारमा रास्वपाले मुलुकलाई फासीवादी दिशातर्फ लैजान खोजेको आरोप लगाएको छ ।

    Advertisement

    सत्तारूढ रास्वपाले प्रतिनिधिसभा नियमावलीमा संशोधन गरी संविधान संशोधनको लागि सङ्घीय संसद्को एकमुष्ठ दुईतिहाइ चाहिने व्यवस्था गरेपछि राजमोले सो आरोप लगाएको हो ।

    अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८३ साउन ६ गते बुधबार जारी प्रेसवक्तव्यमा २०७९ सालका प्रतिनिधिसभा र राष्ट्रिसभा नियमावलीमा संविधान संशोधनका लागि दुवै सदनका बेग्लाबेग्लै दुईतिहाइ बहुमत चाहिने प्रावधानतर्फ स्मरण गराइएको छ ।

    राजमोका अनुसार राष्ट्रियसभामा रास्वपाको कुनै सांसद नभएको हुनाले नै संविधानबाट बाझिने गरी यस्तो नियमावली प्रतिनिधिसभाबाट पारित गरिएको हो ।

    नियमावली संशोधनको उद्देश्य रास्वपाद्वारा देशमा फासीवादी शासन कायम गर्नु रहेको राजमोको किटानी छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “नेपालको संविधानलाई संशोधन गर्नका लागि व्यवस्थापिका–संसद अर्थात् राष्ट्रियसभा र प्रतिनिधिसभाको दुईतिहाइ बहुमतले संविधान संशोधन विधेयकलाई स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था गरेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामध्ये कुनै एउटा सदनको वा दुइटै सदनको संयुक्त रूपले दुईतिहाइ नभएर दुइटै सदनको छुट्टाछुट्टै बैठकको दुइतिहाई बहुमतले संविधान संशोधन विधेयक पारित गर्नुपर्ने हुन्छ । त्यहीअनुसार राष्ट्रियसभा नियमावलीमा व्यवस्था गरिएको छ । साविकको प्रतिनिधिसभा नियमावली २०७९ सालमा पनि त्यही प्रकारको व्यवस्था गरिएको थियो ।

    २०८२ सालमा भएको आम निर्वाचनमा प्रतिनिधिसभातर्फ स्वतन्त्र पार्टीले करिब दुईतिहाइ बहुमत निकट मत ल्याएपछि साविक नियमावली र संवैधानिक प्रावधान विरुद्ध हुने गरी प्रतिनिधिसभा नियमावलीमा संशोधन गरेर प्रतिनिधिसभा नियमावली–२०८३ जारी गरिएको छ । जसअनुसार प्रतिनिधिसभा तथा राष्ट्रियसभाको तत्काल कायम रहेको सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट अर्थात् व्यवस्थापिका–संसदको कुल सदस्य सङ्ख्याको दुईतिहाइ बहुमतबाट संविधान संशोधन विधेयक पारित गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावली–२०८३ को नियम १४० को उपनियम ११ मा गरिएको छ ।

    स्वतन्त्र पार्टीको राष्ट्रियसभामा कुनै सिट छैन । उनीहरूको प्रतिनिधिसभामा दुईतिहाइ बहुमतको नजिक सिट सङ्ख्या छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको छुट्टाछुट्टै बैठकको दुईतिहाइ बहुमतबाट मात्र संविधान संशोधन विधेयक स्वीकृत गर्न सकिने व्यवस्थाले आफ्नो मनोमानी र स्वेच्छाचारी प्रकारले संविधानमा छेडखानी वा संशोधन गर्न नसकिने भएको हुनाले नै राष्ट्रियसभामा दुईतिहाइ बहुमत नपुग्ने अवस्था देखिएको हुनाले प्रतिनिधिसभाको वा प्रतिनिधि भा र राष्ट्रियसभाको संयुक्त रूपले दुईतिहाइ बहुमतको आडमा संविधान संशोधन गर्ने गैरसंवैधानिक अभ्यासमा मुलुकलाई लैजाने षड्यन्त्र गर्न खोजेको देखिन्छ ।

    संवैधानिक व्यवस्थाको बर्खिलाफ हुने गरी प्रतिनिधिसभा नियमावलीको नियम १४० को उपनियम ११ मा गरिएको व्यवस्था संविधानसँग बाझिएको हुनाले त्यो खारेज हुनुपर्छ । एकलौटी तथा एकपक्षीय ढङ्गबाट संविधानलाई संशोधन गरेर मुलुकलाई अधिनायकवादी वा फासीवादी दिशामा लिएर जाने उद्देश्यले नै नियमावलीमा त्यस प्रकारको व्यवस्था गरिएको हो । मुलुकलाई फासीवादी दिशामा लैजान संविधान संशोधन गर्ने वर्तमान सरकारको जुनसुकै षड्यन्त्र राष्ट्रिय जनमोर्चालाई मान्य हुने छैन ।”

    बुधबार, साउन ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.