• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

संविधान संशोधनको बहानामा प्रतिगमन स्वीकार्य हुँदैन : मनोज भट्ट (भिडियो सहित)


  •   शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं, साउन २ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले संविधान संशोधनको नाममा जनआन्दोलन र जनसंघर्षबाट प्राप्त उपलब्धिलाई कमजोर पार्ने तथा प्रतिगमनतर्फ मुलुकलाई धकेल्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन्।

    Advertisement

    भट्टले संविधान संशोधन लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, संघीयता तथा संविधानका मौलिक विशेषतालाई अझ सुदृढ बनाउने उद्देश्यका साथ हुनुपर्ने धारणा व्यक्त गरे। संविधानको मूल मर्म र जनताको बलिदानीबाट स्थापित राजनीतिक उपलब्धिलाई कमजोर बनाउने गरी गरिने संशोधनको राष्ट्रिय जनमोर्चाले दृढतापूर्वक विरोध गर्ने उनले स्पष्ट पारे।

    उनका अनुसार संविधान संशोधनका नाममा राज्यको राजनीतिक तथा संवैधानिक चरित्र परिवर्तन गर्ने, लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने वा प्रतिगामी शक्तिलाई अनुकूल हुने कुनै पनि कदम जनताको हितविपरीत हुनेछ।

    महासचिव भट्टले सरकारले संविधान संशोधनसम्बन्धी प्रस्ताव अघि बढाउँदा त्यसको आवश्यकता, उद्देश्य र औचित्यबारे जनतालाई स्पष्ट जानकारी गराउनुपर्ने बताए। संविधान संशोधनको प्रक्रिया पारदर्शी, लोकतान्त्रिक, जनसहभागितामूलक र राष्ट्रिय हितअनुकूल हुनुपर्नेमा उनले जोड दिए।

    देशको वर्तमान राजनीतिक परिस्थिति संवेदनशील रहेको उल्लेख गर्दै भट्टले संविधानका आधारभूत मान्यता र लोकतान्त्रिक उपलब्धिमाथि आघात पुग्ने कुनै पनि गतिविधिविरुद्ध सबै लोकतान्त्रिक तथा देशभक्त शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

    उनले संविधान संशोधनको बहानामा प्रतिगमनकारी एजेन्डा अघि बढाइए राष्ट्रिय जनमोर्चाले त्यसको सशक्त प्रतिवाद गर्ने चेतावनीसमेत दिए।

    शनिबार, साउन ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.