सुर्खेत । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य रत्नविक्रम प्यासी पुत्रशोकमा पर्नुभएको छ।
Advertisement
उहाँका एकमात्र छोरा, १५ वर्षीय समिरसिंह रानाको २०८३ असार ३१ गते बेलुका ६ बजे असामयिक निधन भएको हो।
कक्षा १० मा अध्ययनरत समिरको वीरेन्द्रनगर नगरपालिका–८, धमाला चोकस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
समिरको निधनप्रति राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त प्यासी परिवारप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको छ।

