काठमाडौं, असार ३१ । “राज्य आतंक बन्द गर“ भन्ने नारासहित प्रदर्शनमा सहभागी अनेरास्ववियुका अध्यक्ष दिपक धामीसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति संयुक्त प्रेस वक्तव्यमार्फत घोर भत्र्सना गरिएको छ।
Advertisement
वक्तव्यमा प्रदर्शनका क्रममा गरिएको गिरफ्तारीलाई राज्यद्वारा गरिएको दमनको संज्ञा दिँदै पक्राउ परेका सबै विद्यार्थीलाई तत्काल रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै, आफ्नो आलोचना गर्नेहरूमाथि राज्यले दमन गरेको आरोप लगाउँदै राज्य सृजित आतंकको विरोध जारी रहने उल्लेख गरिएको छ।
