काठमाडौं। सरकारले श्रेणीविहीन सहयोगी कर्मचारीलाई करारमा राख्ने हालको व्यवस्थामा परिवर्तन गर्ने तयारी थालेपछि करारमा कार्यरत कर्मचारीहरूले विरोध जनाएका छन्।
Advertisement
उनीहरूले बुधबार सिंहदरबार परिसरभित्रै प्रदर्शन गर्दै आफ्नो रोजगारीको सुनिश्चितता र अधिकारको संरक्षण गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा कर्मचारीहरूले प्रस्तावित व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।