• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरकारको सय दिन विकासमा होइन, विवादमै बित्या : कांग्रेस सांसद रानाको आरोप


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद सन्दीप रानाले सरकार गठनको सय दिन पूरा हुँदा जनताले अनुभूति गर्ने कुनै उल्लेखनीय उपलब्धि नदेखिएको भन्दै सरकारमाथि तीव्र आलोचना गरेका छन् । उनले सरकार विकासका कामभन्दा विवाद सिर्जना गर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर बनाउन र आफ्‌ना असफलता ढाकछोप गर्न केन्द्रित भएको आरोप लगाए ।

    Advertisement

    प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै रानाले सरकारको सय दिने कार्यकाल जनअपेक्षा विपरीत बितेको दाबी गरे । “सरकारले सय दिनमा सय काम गर्ने घोषणा गरेको थियो । तर सय दिन विकासमा होइन, विवादमै अल्झिएको देखियो”, उनले भने ।

    उनले देशभर सुकुम्बासी समस्या जटिल बन्दै गएको, किसानले समयमा मल नपाएको, वर्षाका कारण सडक अस्तव्यस्त भएको, विद्यार्थी विद्यालय पुग्नसमेत कठिनाइ झेलिरहेको तथा विपद् व्यवस्थापन संयन्त्र लामो समयदेखि नेतृत्वविहीन रहेको भन्दै सरकारको कार्यसम्पादनमाथि प्रश्न उठाए ।

    स्वास्थ्य क्षेत्रको अवस्था पनि चिन्ताजनक रहेको उल्लेख गर्दै उनले रेबिज, क्यान्सरलगायतका बिरामीले आवश्यक औषधिसमेत नपाइरहेको बताए । त्यस्तै, नेप्सेमा आएको गिरावट, निजी क्षेत्रको बढ्दो निराशा, बालबालिकामा कुपोषण र युवाको निरन्तर विदेश पलायनले सरकारको आर्थिक तथा सामाजिक व्यवस्थापन कमजोर रहेको उनको टिप्पणी थियो ।

    कूटनीतिक नियुक्तिमा समेत सरकारले गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाउँदै उनले राजदूत नियुक्तिलाई सामान्य रिक्त पदका रूपमा लिन नहुने बताए । “राजदूत नियुक्ति राष्ट्रहितसँग जोडिएको संवेदनशील विषय हो, यसलाई ॅभ्याकेन्सी’ जस्तो व्यवहार गर्न मिल्दैन”, उनले स्पष्ट पारे ।

    रानाले सरकार आफ्‌ना कमजोरीबाट जनताको ध्यान मोड्न “पछिल्ला ३५ वर्षमा केही भएन” भन्ने भाष्य निर्माण गर्न लागेको आरोप लगाए । विगतका उपलब्धिलाई अस्वीकार गरेर नयाँ राजनीतिक कथा निर्माण गर्ने प्रयास लोकतान्त्रिक संस्कृतिका लागि उपयुक्त नभएको उनको भनाइ थियो ।

    उनले सरकार संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत अघि बढिरहेको आरोपसमेत लगाए। सडकमा नागरिकको आवाज र संसदमा प्रतिपक्षको भूमिकालाई बेवास्ता गरिएको उल्लेख गर्दै उनले राष्ट्रिय समस्यामाथि संसदभित्र खुला बहस हुनुपर्नेमा जोड दिए ।

    “लोकतन्त्रलाई मिचेर गरिएको विकासको कुनै अर्थ हुँदैन । लोकतन्त्रबाट मात्रै समावेशी र दिगो विकास सम्भव हुन्छ”, उनले संसदमा भने ।

    महिला, दलित, जनजाति, पिछडिएका तथा सीमान्तकृत समुदायले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त गरेका अधिकारको संरक्षण गर्दै विकासको यात्रा अघि बढाउनुपर्ने उनको धारणा थियो ।

    सत्तापक्षका सांसदहरूलाई पनि स्वतन्त्र रूपमा आफ्‌ना विचार राख्न आग्रह गर्दै उनले लोकतन्त्रको पक्षमा बोल्न नडराउन आह्वान गरे। आफू विपक्षी बेन्चमा रहे पनि लोकतन्त्र र संविधानको रक्षाका लागि सधैं अग्रपङ्क्तिमा रहने उनले बताए।

    प्रधानमन्त्रीलाई संसदमा उपस्थित भएर देशका ज्वलन्त समस्या, विपद् व्यवस्थापन, अर्थतन्त्र र जनजीविकाका विषयमा प्रत्यक्ष छलफल गर्न आग्रह गर्दै उनले सबै राजनीतिक दलले विगतका कमजोरी स्वीकार गर्दै सुधारको बाटो रोज्नुपर्ने बताए ।

    भाषणको अन्त्यमा रानाले सत्ता परिवर्तन लोकतान्त्रिक प्रणालीको स्वाभाविक प्रक्रिया भए पनि लोकतन्त्र स्वयं कुनै पनि हालतमा कमजोर हुन नहुने उल्लेख गर्दै सरकारलाई संसदप्रति उत्तरदायी बन्न र राष्ट्रिय समस्या समाधानका लागि सहकार्यको बाटो रोज्न आग्रह गरे ।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.