• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गरिब सुकुम्बासीको बस्ने र बाँच्ने अधिकार सुनिश्चित गर सरकार : बुढा


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार ३० । प्रतिनिधिसभाकी सांसद भिमकुमारी बुढाले गरिब सुकुम्बासीहरूको बस्ने र बाँच्ने अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।

    Advertisement

    प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बुढाले देशमा गरिब सुकुम्बासीहरूको आधारभूत अधिकारमाथि प्रश्न उठाउँदै सरकारले उनीहरूको समस्या समाधानमा गम्भीरता नदेखाएको आरोप लगाइन्।

    उनले होल्डिङ सेन्टरहरू डुबानमा पर्दा त्यहाँ आश्रय लिएका परिवारका कपडा, खानेकुरा तथा दैनिक जीवनयापनका आवश्यक सामग्री बाढीले बगाएको उल्लेख गर्दै प्रभावित नागरिकलाई तत्काल राहत तथा सुरक्षित आवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरिन्। उनले विश्वनाथ गुरुङजस्ता बालबालिका भोकै र नाङ्गो खुट्टा हिँड्न बाध्य भएको अवस्थाप्रति पनि सरकारको ध्यानाकर्षण गराइन्।

    सांसद बुढाले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा इन्द्रबहादुर राई र रविन तामाङ आत्महत्या गर्न बाध्य भएको उल्लेख गर्दै यस्ता घटनाले राज्यको भूमिहीन र विपन्न समुदायप्रतिको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको बताइन्। उनका अनुसार सुकुम्बासी बस्तीमा आदिवासी, जनजाति, दलित तथा आर्थिक रूपमा विपन्न समुदायका नागरिकहरूको बाहुल्यता रहेको छ, जसले देश निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

    उनले पीडितहरूको आवाज उठाउने व्यक्तिलाई पक्राउ गर्ने, हतकडी लगाउने तथा अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको बताइन्। लोकतन्त्रमा नागरिकको आवाज दबाउने होइन, उनीहरूको पीडा सुन्ने, सत्य स्वीकार गर्ने र राज्यले आफ्नो संवैधानिक तथा मानवीय जिम्मेवारी पूरा गर्नुपर्ने उनको भनाइ थियो।

    सांसद बुढाले सरकारले पीडितहरूको आवाज दबाउनेभन्दा उनीहरूको समस्या समाधानमा केन्द्रित भई गरिब, भूमिहीन तथा सुकुम्बासी नागरिकको बसोबास र जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गरिन्।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.