• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जनतामाथि दमन रोकिएन भने हामीले बन्दुक र बम बोकेर मैदानमा उत्रिनुपर्ने दिन आउन सक्छ : जिसी


  •   सोमबार, असार २९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ)का केन्द्रीय अध्यक्ष सुवास जिसीले सरकारले जनविरोधी नीति, दमन र भ्रष्ट शासनशैलीलाई निरन्तरता दिए मुलुक गम्भीर द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन्।

    Advertisement

    अखिल नेपाल युवक संघ काठमाडौं जिल्ला समितिले असार २८ गते आयोजना गरेको ‘सरकारको जनविरोधी नीतिविरुद्धको विरोध कार्यक्रम’लाई सम्बोधन गर्दै जिसीले सरकारले विद्यार्थी, सुकुम्बासी, श्रमिक तथा आम नागरिकमाथि दमन गरेको आरोप लगाए।

    उनले विद्यार्थी आन्दोलनका क्रममा १९ जना विद्यार्थी गोलीबाट घाइते भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै त्यसको नैतिक तथा राजनीतिक जिम्मेवारी तत्कालीन नेतृत्वले लिनुपर्ने बताए। आन्दोलनमा विद्यार्थीलाई प्रयोग गरेर पछि उनीहरूमाथि प्रतिबन्ध लगाउनु सरकारको दोहोरो चरित्र भएको उनको आरोप थियो।

    जिसीले जनताले भ्रष्टाचार अन्त्य, सुशासन र स्वतन्त्रताको अपेक्षा राखेर नयाँ नेतृत्वलाई समर्थन गरे पनि सरकार जनअपेक्षाविपरीत अघि बढेको उनको भनाइ थियो।

    गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको प्रसंग उठाउँदै उनले घटनाको निष्पक्ष अनुसन्धान, पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा दोषीमाथि कारबाहीको माग गरे। नेपालीले किन यस्तो चरम कदम चाल्न बाध्य भए भन्ने विषयमा राज्य गम्भीर हुनुपर्ने उनको भनाइ थियो ।

    उनले भने, “हामी आत्महत्या वा आत्मदाहको पक्षमा छैनौँ । संघर्ष लोकतान्त्रिक ढंगबाट हुनुपर्छ। तर जनतामाथि निरन्तर अन्याय, दमन र उत्पीडन भइरह्यो भने देश खतरनाक दिशातर्फ जान सक्छ।”

    राइडर, श्रमिक र गरिब नागरिकमाथि राज्यले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाउँदै उनले महानगर र राज्यका निकायहरूले मानवीय संवेदनशीलता गुमाएको टिप्पणी गरे। पार्किङ, श्रम र जीविकोपार्जनका आधारभूत समस्यासमेत समाधान नगरी दण्डात्मक नीति अपनाइएको उनको आरोप थियो ।

    सुकुम्बासी बस्ती हटाउने क्रममा राज्यले मानवीय पक्ष बेवास्ता गरेको भन्दै उनले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा तथा विपन्न परिवारलाई जबर्जस्ती विस्थापित गरिएको दाबी गरे। होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्था दयनीय रहेको र बालबालिकाको भविष्य अन्योलमा परेको उनको भनाइ थियो।

    सरकारले जनभावना सुन्ने क्षमता गुमाएको, असन्तुष्टि बढ्दै गएको तथा दमनकारी शैली कायम राखे देश थप संकटमा फस्ने उनले चेतावनी दिए ।

    संविधान संशोधनको नाममा राजनीतिक अस्थिरता निम्त्याउने प्रयास भएको आरोप लगाउँदै उनले विदेशी शक्तिहरूको चलखेलप्रति पनि सचेत रहन आग्रह गरे।

    जिसीले चेतावनीपूर्ण शैलीमा भने, “यदि राज्यले जनताको आवाज निरन्तर दबाउँदै गयो भने हामीजस्ता नागरिकले पनि बम र बन्दुक बोकेर मैदानमा उत्रिनुपर्ने अवस्था नआओस् भन्ने हाम्रो चाहना हो। त्यसैले सरकारले समयमै आफ्‌नो नीति सच्याओस्।”

    अन्त्यमा उनले गणेश नेपाली प्रकरणको निष्पक्ष छानबिन, पीडित परिवारलाई न्याय, सुकुम्बासीमाथिको दमन तत्काल रोक्न तथा जनताको अधिकारको सम्मान गर्न सरकारसँग माग गरे।

    सोमबार, असार २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.