• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरकारलाई युवक सङ्घले भन्यो– कालो चस्मा खोलेर हेर, तिमी नाङ्गो भइसक्यौ


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल युवक सङ्घले सरकारसित भनेको छ– ‘कालो चस्मा खोलेर हेर, तिमी नाङ्गो भइसक्यौ ।’

    Advertisement

    युवक सङ्घको काठमाडौँ जिल्ला समितिले २०८३ असार २८ गते आइतबार माइतीघर मण्डलामा आयोजित विरोधसभामा मन्तव्य राख्दै वक्ताहरूले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    सङ्घका महासचिव विष्णु पुनको सञ्चालनमा अघि बढेको कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (छैठौं) का अध्यक्ष सुवास जिसीले सरकार सय दिनभित्रै नाङ्गो भइसकेको दाबी गर्नुभयो ।

    ‘सरकार तिमीले पाँच वर्षसम्म शासन गर्ने जनादेश पाएका छौँ’ उहाँले भन्नुभयो– ‘तर कालो चस्मा खोलेर आफैलाई हेर त, तिमी अहिल्यै नाङ्गो भइसक्यौ ।’

    भ्रष्टाचारको विरुद्ध जनादेश लिएर सत्तामा आएको रास्वपा सरकारको नेतृत्व बालेन्द्र शाह र सुधन गुरुङले गर्दै गर्दा युवा, विद्यार्थी, सुकुम्वासीसहितका जनता र बलिदानलाई बिर्सेको आरोप उहाँले लगाउनुभयो ।

    ‘१९ जना स्कुले विद्यार्थीको रगत बगाएर तिमी सत्तामा आयौ’ जिसीले भन्नुभयो– ‘जसको रगतमा टेकेर तिमी सत्तामा आयौ, आज तिनैको मुखमा तिमीले मुक्का हानिरहेका छौ ।’

    अहिले बालेन्द्र सरकारको शासनमा सुन्डमुसुन्ड तŒवको हालीमुहाली भइरहेको जिकिर उहाँले गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘आज बिहान म कीर्तिपुरस्थित सुकुम्वासीको होल्डिङ सेन्टरमा गएको थिएँ, त्यहाँ सरकारको प्रतिनिधि हाँै भन्दै सुन्डमुसुन्डहरूको चलखेल थियो ।’

    गणेश नेपालीको आत्मदाहको जिम्मेवार बालेन्द्र सरकार भएको दाबी गर्दै उहाँले हिँजो काठमाडौँ महानगरपालिकाको मेयर हुँदा राजु पाण्डेको नेतृत्वमा गठन गरेको महानगर प्रहरीकै विरासतमा यो घटना भएको बताउनुभयो ।

    ‘बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाको मेयर हुँदा हिँजो राजु पाण्डे नेतृत्वको महानगर प्रहरी हैन, जसले आजजस्तै सानापसले, व्यापारीलाई बिपत्मा पारेका थिए’ उहाँले भन्नुभयो– ‘आज त्यही महानगर प्रहरीको कार्यशैलीले गर्दा गणेश नेपालीलाई ज्यान गुमाउन बाध्य भएका हुन् ।’

    उहाँले गणेशको उपचारमा पनि सरकारले लापरवाही गरेको दाबी गर्नुभयो ।

    ‘आत्मदाह गरेको चार घण्टापछि उपचार सुरु भएको छ, जलेको मान्छेलाई अपराधीलाई झैँ घिसारेर अस्पताल ल्याइएको छ’ उहाँले भन्नुभयो– ‘बर्न अस्पतालमा गएर सोध्नुस्, ६५ प्रतिशत जल्नु त्यति गम्भीर होइन, झलनाथ खनालकी श्रीमती ८० प्रति जलेर पनि बाच्नुभयो । सरकारले गणेशलाई कीर्तिपुर बर्न अस्पताल नलगेर किन वीर अस्पताल लग्यो ?’

    उहाँले अहिलेजति निर्लज्ज सरकार नेपालको इतिहासमा कहिल्यै देखा नपरेको बताउनुभयो ।

    सरकारलाई आफ्नो भूभाग नै थाहा छैन : पुन

    कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले वर्तमान सरकारलाई आफ्नो भूभाग वा सीमा कहाँसम्म हो भन्ने पनि थाहा नभएको व्यङ्ग्य गर्नुभयो ।

    गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको मोटरसाइकिलमा ह्विल लक महानगर प्रहरीले लगाएको भन्ने अभिव्यक्तिको प्रसङ्ग निकाल्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘गृहमन्त्री सुधन गुरुङले ह्विल लक लगाएको त महानगर प्रहरी हो भन्नुभयो’ पुनले प्रश्न गर्नुभयो– ‘उहाँलाई नेपाल सरकारको भूभाग वा सीमा कहाँसम्म हो भन्ने पनि थाहा रहेनछ । देशैभरि नेपाल सरकारकै मातहतमा सात सय ५३ स्थानीय तह छन् भन्ने सरकारमा बसेकालाई थाहा नभएको हो ?’

    बालेन्द्र सरकारको सयदिने शासनले ‘नयाँ’ र ‘पुराना’ माझ कुनै भेद नदेखिएको उहाँले दाबी गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘पुरानो’ र ‘नयाँ’ भनिएकोमा के मामिलामा फरक छ हँ ? अहिलेको सरकारले पनि हिजोकै सरकारको कामलाई निरन्तरता दिइरहेको छ ।’

    सुकुम्वासी टहरामा डोजर चलाउने प्रयास बालेन्द्रभन्दा अघि बाबुराम भट्टराई नेतृत्वको सरकारले पनि गरेको स्मरण गर्दै उहाँले उनीहरूको पुनर्वास र व्यवस्थापन गर्न नसकिएकाले नै अहिलेसम्म सुकुम्वासी समस्या जस्ताको तस्तै रहेको स्पष्ट पार्नुभयो ।

    दण्डहीनताको अन्त्य तथा सुशासनसम्बन्धी बालेन्द्र सरकारको दाबीलाई नेतृ पुनले खोक्रो रहेको संज्ञा दिनुभयो ।

    ‘अहिलेको सरकारको सुशासनसम्बन्धी दाबी पनि खोक्रो छ’ उहाँले भन्नुभयो– ‘आफ्ना सभापतिका ठगीसम्बन्धी मुद्दा फिर्ता लिएर बचाउने अनि अरूलाई गिरफ्तार गरेर सुशासन कायम हुने ? त्यस्तो हुँदैन ।’

    नेपाललाई ग्रेलिस्टबाट निकाल्ने सरकारको कथित दाबीको भण्डाफोर गर्दै उहाँले भन्नुभयो– ‘आफ्ना सभापतिमाथिका भ्रष्टाचार, ठगीमा मुद्दा फिर्ता गरेर नेपाल ग्रेलिस्टबाट बाहिर निस्किन्छ कि झन् ब्ल्याक लिस्टमा जान्छ ?’

    मन्तव्यको क्रममा उहाँले सरकाले धनीको पक्ष लिइरहेको निष्कर्ष धनीका कर घटाउने तर गरिबमाथिका कर थप्ने निर्णयले पनि स्पष्ट पारेको बताउनुभयो ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.