• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वर्तमान सरकारका नीति तथा गतिविधि र भूमिकाप्रति राष्ट्रिय जनमोर्चाको चिन्ता

"दलाई लामाको जन्मदिनदेखि गणेश नेपालीको आत्मदाहसम्म "

  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २८ । राष्ट्रिय जनमोर्चाले वर्तमान सरकारका नीति तथा गतिविधिले नेपाललाई चीनविरुद्ध पश्चिमी शक्तिहरूको मोर्चातर्फ धकेल्ने प्रयास भइरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

    Advertisement

    कार्यवाहक अध्यक्ष रश्मीराज नेपालीद्वारा असार २८ गते आइतबार जारी प्रेस वक्तव्यमा असार २२ गते दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको विषयलाई पनि जनमोर्चाले नेपालको एक–चीन नीतिविपरीत भएको दाबी गरेको छ । वक्तव्यमा सरकारको उक्त निर्णयले नेपाललाई अनावश्यक अन्तर्राष्ट्रिय विवादमा तानेको आरोप लगाइएको छ ।

    गणेश नेपालीको आत्मदाहको घटनालाई सरकारको अधिनायकवादी प्रवृत्ति, बढ्दो महँगी, बेरोजगारी, भ्रष्टाचार र विभेदपूर्ण नीतिविरुद्ध जनअसन्तोषको विस्फोटक अभिव्यक्ति भएको राष्ट्रिय जनमोर्चाले टिप्पणी गरेको छ ।

    त्यस्तै गणेश नेपालीको आत्मदाहलाई अत्यन्त दुःखद घटना भन्दै त्यसको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने जनमोर्चाको जोड दिएको छ । वक्तव्यमा सरकारले अवलम्बन गरेका नीतिका कारण जनतामा असन्तोष बढ्दै गएको दाबी गरिएको छ ।

    त्यस्तै भदौ २४ गते भएका आगजनी, तोडफोड, हत्या तथा ध्वंसात्मक गतिविधिसँग सम्बन्धित मुद्दाहरू स्थगित वा फिर्ता लिन सरकारबाट अदालतलाई निर्देशन दिइएको भन्ने विषयप्रति पनि राष्ट्रिय जनमोर्चाले गम्भीर आपत्ति जनाएको छ ।

    वक्तव्यमा लेखिएको छ :

    प्रेस वक्तव्य

    “१. गणेश नेपाली आत्मदाहको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गणेश नेपाली आत्मदाह निक्कै दुःखदायी घटना हो । यो घटना सरकारले लिँदै गएको अधिनायकवादी स्वरुप, समाजवमा ब्याप्त बढ्दो महङ्गी, बेरोजगारी, भ्रष्टाचार राज्यको भेदभावपूर्ण नीतिका विरुद्ध देखापरेको असन्तोषको विष्फोटक रूप हो । गणेश नेपाली आत्मदाह घटना निम्त्याउने सरकारको जति विरोध गरे पनि कम हुन्छ ।

    २. भाद्र २४ गतेका अपराधजन्य कारबाहीका विरुद्ध सरकार पक्ष भएर विभिन्न अदालतमा चलिरहेका मुद्दाहरूलाई स्थगित गर्नका लागि सरकारबाट दिइएको निर्देशनप्रति पनि हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । भाद्र २४ गते सिंहदरबार र सर्वोच्च अदालत सहित देशव्यापी रूपमा भएका आगलागी, तोडफोड, हत्या र ध्वंसात्मक कार्यहरूका लागि कथित रास्वपा वा वर्तमान सरकारसित सम्बन्धित तत्वहरू पनि जिम्मेवार भएको तथ्य छर्लङ्ग छ । त्यसैले सरकारले ती मुद्दाहरू फिर्ता लिनको लागि नाङ्गो प्रकारले निर्देशन दिएको कुरामा कुनै शङ्का रहन्न ।

    ३. यही असार २२ गते दलाई लामाको जन्म दिन मनाउन कथित आयोजकहरूलाई सरकारले दिएको छुटप्रति पनि हाम्रो पार्टीले गम्भीर आपत्ति प्रकट गर्दछ । सरकारद्वारा नेपालको राजनीतिक इतिहासमा नै प्रथमपल्ट त्यस प्रकारको छुट दिएको हो । नेपालले एक चीन नीतिलाई समर्थन गर्दछ । दलाई लामालाई प्रयोग गरेर पश्चिमा शक्तिहरूले तिब्बतलाई टुक्राउन कैयौँ षड्यन्त्र र ठुलो पैमानामा आर्थिक लगानी गर्दै आएका छन् । यस्तो स्थितिमा सरकारले नै वैधानिक रूपमा दलाई लामाको जन्मदिन मनाउन छुट दिने कुरा सही हुन सक्दैन । सरकारको त्यो कार्यले नेपाललाई अनावश्यक विवादमा तानेको छ । सरकारको कार्य कुनै अज्ञाता वा भूलबस भएको आकस्मिक घटना होइन । जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की र वर्तमान सरकारका नीति र कार्यले चीनका विरुद्ध पश्चिमाहरूको मोर्चामा नेपाललाई सामेल गर्दै लैजानु गम्भीर चिन्ताको विषय हो ।”
    धन्यवाद !

    २०८३ असार २८ गते

    Rasmi.jpg
    रश्मीराज नेपाली

        कार्यवाहक अध्यक्ष

     

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.