• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

वार्षिक कार्यक्रम तय गर्दै जनजाति सम्मेलनको केन्द्रीय समिति बैठक सम्पन्न


  •   आइतबार, असार २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय समिति बैठक वार्षिक कार्यक्रम तय गर्दै सम्पन्न भएको छ ।

    Advertisement

    २०८३ असार २८ गते जारी प्रेसविज्ञप्तिका अनुसार असार २६ र २७ गते रुपन्देहीको बुटवलमा सो बैठक सम्पन्न भएको हो ।

    बैठकले केन्द्रीय सल्लाहकार मीनराज रानामगर र जनजाति सभाकी सदस्य पुष्पा रानाको निधन भएकोमा शोकसभा गर्ने निर्णयसँगै शोकप्रस्ताव पारित गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै केन्द्रीय सल्लाहकारमा रुपन्देहीबाट नारायण पुनलाई चयन गरिएको जानकारी दिइएको छ ।

    प्रेसविज्ञप्तिमा आगामी साउन २४ गते (अगस्त ९) विश्व आदिवासी दिवस मनाउने, असोज २ देखि ४ गतेसम्म राष्ट्रिय जनजाति सभाको बैठक तथा राष्ट्रिय प्रशिक्षण सम्पन्न गर्ने, मङ्सिर ५ देखि १९ गतेसम्म जनजाति जागरण कार्यक्रम, माघ २६ देखि २९ सम्म जनजाति सांस्कृतिक जागरण अभियानको केन्द्रीय प्रशिक्षण तथा राष्ट्रिय भेला सम्पन्न गर्दै प्युठानमा १५ दिने अभियान सञ्चालन गर्ने, फागुनमा विश्व मातृभाषा दिवस मनाउने, २०८४ सालको क्यालेन्डर र डायरी प्रकाशन गर्ने तथा दशैँतिहार र नयाँ वर्षका अवसरमा जनजाति दृष्टिकोणका अङ्क ९ र १० प्रकाशन गर्ने उल्लेख छ ।

    यस्तो छ, प्रेसविज्ञप्तिको पूर्ण पाठ :

    “अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्मेलनका केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकी मगरको अध्यक्षतामा २०८३ असार २६–२७ गते रुपन्देहीको बुटवलमा सम्पन्न भयो । बैठकले गरेका महŒवपूर्ण निर्णयको जानकारीका लागि यो प्रेसविज्ञप्ती प्रेषित गरिएको छ ।

    १. सर्वप्रथम सम्मेलनका केन्द्रीय सल्लाहकार एवम् प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिकाका उपमेयर मीनराज रानाको २०७३ असार १३ गते शनिबार सवारी दुर्घटनामा परी असामयिक निधन हुन गएकोमा वैठकले दुःख प्रकट गर्दै उहाँप्रति एक मिनट मौनधारण गर्दै श्रद्धाञ्जली प्रकट गर्‍यो, साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै शोकप्रस्ताव पारित गरिएको छ ।

    २. त्यसैगरी राष्ट्रिय जनजातिसभाका स्थायी सदस्य पुष्पा राना (कास्की) को गत २०८३ जेठ १४ मा असामयिक निधनप्रति पनि यो बैठक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । उहाँहरू दुवै जनाको स्मृतिमा बैठकले प्युठान, बागलुङ दाङ, गुल्मी, कास्की, चितवन, रुपन्देही, कपिलवस्तु, काठमाडौँलगायतका जिल्लामा श्रद्धाञ्जली सभा गर्ने निर्णय भयो ।

    ३. बैठकमा सम्मेलनका महासचिव अमरध्वज रानाले ‘आगामी कार्याक्रमसम्बन्धी प्रस्ताव’ पेस गर्नुभयो । उक्त प्रस्तावमाथि व्यापक छलफलपछि थपघट, परिमार्जनसहित पारित गरी कार्यान्वयन गर्ने निर्णय भयो ।

    ४. जनजाति सम्मेलनको राष्ट्रिय जनजाति सभाको बैठक तथा राष्ट्रिय प्रशिक्षण आगामी २०८३ असोज २–४ गतेसम्म दाङ जिल्लाको घोराहीमा गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि सम्मेलनमा महासचिव अमरध्वज रानाको संयोजनकत्वमा सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । समितिमा रमेशमान गुरुङ (दाङ), रामबहादुर जिएम (दाङ), उषा पुन (अर्घाखाँची), केहरसिंह पुन (कपिलवस्तु) र विष्णु श्रीनेट (रुपन्देही) सदस्य रहनुभएको छ ।

    ५. केन्द्रीय समितिको रिक्त सल्लाहकरमा नारायण पुन (रुपन्देही) लाई पदपूर्ति गर्ने निर्णय गरियो ।

    ६. आगामी साउन २४ गते (अगस्ट ९) का दिन बत्तिसौँ ‘विश्व आदिवासी दिवस’ बागलुङ, प्युठान, अर्घाखाँची, गुल्मी, कास्की, चितवन, काठमाडौँ, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायत जिल्लाले विविध कार्याक्रमसहित मनाउने बैठकले निर्णय गरेको छ ।

    ७. अखिल नेपाल जनजाति सम्मेलनको चितवन जिल्ला भेला आगामी साउन २४ गते तथा कपिलवस्तुको जिल्ला अधिवेशन ३०–३१ गते र अर्घाखाँचीको जिल्ला अधिवेशन १५–१६ गते गर्न अनुमति दिने निर्णय भयो ।

    ८. जनजाति सम्मेलन लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको अधिवेशन तथा बागमती, कर्णाली, सुदूरपश्चिम, मधेस प्रदेश र कोशी प्रदेशको भेला २०८३ सालभित्रमा सम्पन्न गर्ने निर्णय भयो ।

    ९. कतिपय केन्द्रीय विभागको बैठक नबसेकाले सम्बन्धित विभागको बैठक बसी विस्तृत योजना बनाउने निर्णय भयो ।”

    यस्तो छ, आगामी वार्षिक कार्यक्रम

    २०८३ साउन २४ गते (अगस्त ९) गते विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने ।

    २०८३ असोज २, ३ र ४ गते राष्ट्रिय जनजाति सभाको बैठक तथा राष्ट्रिय प्रशिक्षण कार्यक्रम दाङ जिल्लाको घोराहीमा सम्पन्न गर्ने र त्यो बैठकबाट विस्तृत योजना कार्यक्रम बनाउने ।

    २०८३ असोज कात्तिकमा दशैँ, तिहार, छठपर्वको विज्ञापन उठाई जनजाति दृष्टिकोण अङ्क ९ प्रकाशन गर्ने ।

    २०८३ मङ्सिर ५–१९ गतेसम्म (१५ दिन) मा ‘जनजाति जागरण कार्यक्रम’ सम्पन्न गर्ने, जसको विस्तृत कार्यक्रम राष्ट्रिय जनजाति सभाको बैठकबाट बनाउने ।

    २०८३ माघ २६–२९ गतेसम्म जनजाति सांस्कृतिक जागरण अभियानको केन्द्रीय प्रशिक्षण तथा राष्ट्रिय भेला गर्ने, त्यसका लागि तयारी समिति गठन गर्ने र १५ दिने जनजाति सांस्कृतिक जागरण अभियान प्युठान जिल्लामा सञ्चालन गर्ने, त्यसको विस्तृत योजना पनि राष्ट्रिय जनजाति सभाको बैठकमा बनाउने ।

    २०८३ फागुनमा विश्व ‘मातृभाषा दिवस’ विविध कार्यक्रमसहित जिल्ला, प्रदेशले मनाउने ।

    २०८३ चैत हुने राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलनलाई सफल बनाउन केन्द्र, प्रदेश, जिल्लाले सहयोग गर्ने ।

    २०८३ फागुन–चैतमा २०५४ सालको नयाँ क्यालेन्डर र डायरी प्रकाशन गर्ने ।

    २०८३ चैतमा नयाँ वर्षको विज्ञापन उठाई जनजाति दृष्टिकोण अङ्क १० प्रकाशन गर्ने ।

    २०८३ चैत्रको अन्तिममा केन्द्रीय समितिको बैठक बसी २०८४ सालको वार्षिक कार्यक्रम बनाउने ।

    देशको परिस्थिति र अवस्थाअनुसार जनजाति सम्मेलनको तर्फबाट देशव्यापी आन्दोलनको कार्यक्रम बनाउने ।

    आइतबार, असार २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.