• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

समावेशी आयोगका सिफारिस कार्यान्वयन नगरेसम्म लक्षित समुदाय लाभान्वित हुँदैन : राजेश विश्वकर्मा (तुलप्रसाद)


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार २६ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय समावेशी आयोगका सिफारिसहरू प्रभावकारी रूपमा कार्यान्वयन नगरेसम्म संविधानले परिकल्पना गरेका लक्षित समुदाय राज्यका सेवा–सुविधा र अधिकारबाट पूर्ण रूपमा लाभान्वित हुन नसक्ने बताएका छन्।

    Advertisement

    शुक्रबार राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनअन्तर्गत बसेको ३२औँ बैठकमा राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै उनले आयोगका सिफारिस कार्यान्वयनको अवस्था अत्यन्त कमजोर रहेको बताए।

    उनले आयोगहरूको वार्षिक प्रतिवेदनमाथि संसद्मा छलफल सुरु हुनु सकारात्मक अभ्यास भएको उल्लेख गर्दै यसका लागि राष्ट्रिय सभा अध्यक्षलाई धन्यवाद दिए।

    विश्वकर्माले नेपालको संविधानले राष्ट्रको मूल प्रवाहबाट अलग्गिएका, विपन्न, सीमान्तकृत तथा पिछडिएका वर्ग र समुदायलाई मूल प्रवाहमा ल्याई सशक्त र अधिकारसम्पन्न बनाउने उद्देश्यले राष्ट्रिय समावेशी आयोगको व्यवस्था गरेको स्मरण गराए। तर व्यवहारमा भने संविधानले राखेको उद्देश्यअनुसार काम हुन नसकेको उनको भनाइ थियो।

    “आयोगले सरकारलाई दिएका सिफारिसहरूको कार्यान्वयनको अवस्था हेर्दा निकै दयनीय छ,” उनले भने, “जबसम्म ती सिफारिसहरू व्यवहारमा कार्यान्वयन हुँदैनन्, तबसम्म सम्बन्धित समुदाय आफ्नो हक–अधिकार र राज्यका सेवा–सुविधाबाट वञ्चित भइरहन्छन्।”

    उनले आयोगले सम्बन्धित समुदायका वास्तविक समस्या पहिचान गरी उनीहरूलाई राष्ट्रको मूल प्रवाहमा ल्याउन आवश्यक अध्ययन, अनुसन्धान र नीतिगत सुझावलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याए।

    विश्वकर्माले आयोग गठन भए पनि आवश्यक जनशक्ति, कर्मचारी, बजेट तथा सरकारी सहयोगको अभावका कारण आयोगले सीमित स्रोतसाधनका बीच काम गर्नुपरेको बताए। यस्तो अवस्थामा पनि आयोगले सरकारलाई दिएका सुझावप्रति पर्याप्त ध्यान नदिनु दुःखद भएको उनको भनाइ थियो।

    आगामी दिनमा सरकारले विभिन्न संवैधानिक आयोगलाई संस्थागत, आर्थिक तथा प्रशासनिक रूपमा थप सबल बनाउँदै उनीहरूलाई लक्षित समुदायको हकहितका लागि प्रभावकारी ढंगले काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।

    साथै, आयोगका सिफारिसलाई व्यवहारमा कार्यान्वयन गरी समावेशी शासन प्रणालीलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर बन्नुपर्ने उनले आग्रह गरे।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.