काठमाडौँ । सांसद वर्षमान पुनले गरिब, दुःखी र सुकुमवासी नागरिकलाई काठमाडौँमा बाँच्न र जीविकोपार्जन गर्न कठिन अवस्था सिर्जना भएको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
Advertisement
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले मुगुका गणेश नेपालीको आत्मदाह घटनाप्रति दुःख व्यक्त गर्दै यसलाई राज्यको असफलतासँग जोडिएको विषय भएको बताए । उनले प्रधानमन्त्री वालेन्द्र शाहले २०७९ माघमा इलामका प्रेम आचार्यको आत्मदाहपछि सामाजिक सञ्जालमा लेखेको ‘आत्मदाह राज्यको चरम असफलताको संकेत हो’ भन्ने अभिव्यक्ति स्मरण गराउँदै गणेश नेपालीको घटनामा पनि प्रधानमन्त्रीको धारणा उस्तै छ कि परिवर्तन भएको हो ? भन्ने प्रश्न गरे ।
पुनले गरिब, दुःखी र सुकुमवासी नागरिकले राजधानी तथा देशभर सम्मानपूर्वक बाँच्न र काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।