• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रास्वपाको सय दिनको काम शून्य : राजमो महासचिव भट्ट


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २६ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको पहिलो सय दिनको कार्यकाल पूर्ण रूपमा असफल भएको बताउनुभएको छ । राष्ट्रियता, जनजीविका र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका तीनै क्षेत्रमा सरकार विफल भएको दाबी गर्दै उहाँले सरकारलाई “शून्य नम्बर“ दिनुपर्ने टिप्पणी गर्नुभयो ।

    Advertisement

    भट्टले सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउनु भयो । होल्डिङ सेन्टर खाली गर्न अल्टिमेटम दिइएको उल्लेख गर्दै उहाँले नयाँ सरकारबाट राहतको अपेक्षा गरेका सुकुम्बासीहरू अहिले थप समस्यामा परेको दाबी गर्नुभयो । आफ्‌नै पार्टीका सांसदहरूले पनि सुकुम्बासीका आँसु सरकारका लागि श्राप बन्न सक्ने अभिव्यक्ति दिएको उहाँको भनाइ थियो ।

    लोकतान्त्रिक अधिकारमाथि अंकुश लगाउने प्रयास भएको आरोप लगाउँदै भट्टले विद्यार्थी र कर्मचारी संगठनमाथि प्रतिबन्ध लगाइएको, पत्रकारहरूलाई दिँदै आएको लोककल्याणकारी विज्ञापन बन्द गरिएको तथा कर्मचारीतन्त्रमा त्रासको वातावरण सिर्जना गरिएको दाबी गर्नुभयो । उच्च तहका कर्मचारीहरूले राजीनामा दिएर अवकाश रोज्न थालेको उल्लेख गर्दै उहाँले देशमा डर र आतंकको वातावरण बनेको आरोप लगाउनु भयो ।

    रास्वपाभित्र देखिएको विवाद आन्तरिकभन्दा बाह्य कारणबाट प्रेरित भएको भट्टको दाबी छ । उहाँले केही विदेशी शक्तिले नेपालको राजनीतिक घटनाक्रममा प्रभाव पारिरहेको आरोप लगाउनु भयो । नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले अमेरिका र भारतको प्रभाव स्वीकार गर्ने तर चीनसँग सन्तुलित सम्बन्ध कायम राख्ने नीति लिएको उहाँको भनाइ थियो ।

    भट्टले अमेरिकाले नेपालमा चीनविरोधी राजनीतिक शक्ति निर्माण गर्न खोजेको आरोपसमेत लगाउनु भयो । एसपीपी अस्वीकार गरिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास भएको तथा रास्वपाको उदय पनि त्यसैसँग जोडिएको उहाँको दाबी थियो ।

    रास्वपाभित्र अमेरिका र भारत निकट दुई प्रकारका धार निर्माण भइरहेको पनि भट्टको दाबी छ । उहाँले रास्वपाका केही नेताहरूको राजनीतिक भूमिकाबारे पनि विभिन्न आरोप लगाउनुभयो ।

    तिब्बती समुदायसँग सम्बन्धित गतिविधिका विषयमा बोल्दै भट्टले सरकारले सार्वजनिक रूपमा कार्यक्रम आयोजना गर्न दिएको अनुमति नेपालको “एक चीन नीति” र असंलग्न परराष्ट्र नीतिविपरीत भएको बताउनु भयो । सरकारले आफैँ कार्यक्रम आयोजना नगरे पनि आयोजकहरूलाई कानुनी छुट दिएको भन्दै उहाँले यसले चीनविरोधी गतिविधिलाई प्रोत्साहन गरेको आरोप लगाउनु भयो । नेपालले चीनको राष्ट्रिय सुरक्षा र “एक चीन नीति” प्रति व्यक्त गरेको प्रतिबद्धताअनुसार त्यस्ता गतिविधिलाई अनुमति दिन नहुने उहाँको भनाइ थियो ।

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.