• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ४. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अमेरिका–इरान तनाव फेरि चर्कियोः अमेरिकाद्वारा ९० सैन्य लक्ष्यमा हवाई आक्रमण


  •   बिहिबार, असार २५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी सेनाले इरानका करिब ९० सैन्य लक्ष्यमा लगातार दोस्रो रात हवाई आक्रमण गरेको जनाएको छ। त्यसको जवाफस्वरूप इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ।

    Advertisement

    अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार, आक्रमणको उद्देश्य होर्मुज जलडमरूमध्य हुँदै सञ्चालन हुने व्यापारिक जहाज र नाविकमाथि आक्रमण गर्ने इरानको क्षमता कमजोर पार्नु थियो । आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, तटीय निगरानी उपकरण, मिसाइल तथा ड्रोन भण्डारण केन्द्र, नौसैनिक संरचना र तटीय क्षेत्रमा रहेका सैन्य रसद पूर्वाधारलाई निशाना बनाइएको सेन्टकमले जनाएको छ ।

    उता आईआरजीसीले अमेरिकी आक्रमणलाई युद्धविराम उल्लङ्घनको संज्ञा दिँदै त्यसको प्रतिकारस्वरूप कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डामाथि हमला गरिएको जनाएको छ । साथै, अमेरिकाले थप आक्रमण जारी राखे मध्यपूर्वमा रहेका अन्य अमेरिकी सैन्य अड्डाहरू पनि निशानामा पर्ने चेतावनी दिएको छ ।

    यस घटनाभन्दा केही घण्टाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई “कडा जवाफ” दिने चेतावनी दिएका थिए । उनका अनुसार, इरानले होर्मुज जलडमरूमध्य हुँदै गइरहेका तीनवटा व्यापारिक जहाजमाथि आक्रमण गरेपछि त्यसको प्रत्युत्तरस्वरूप अमेरिकी कारबाही गरिएको हो ।

    इरानी सञ्चारमाध्यमका अनुसार, देशका दक्षिणी तटीय क्षेत्रहरूमा शक्तिशाली विस्फोट भएका छन्। कोनारक, चाबहार, बन्दर अब्बास, सिरिक र जास्क क्षेत्रमा पनि मिसाइल आक्रमण भएको जनाइएको छ। बन्दर अब्बासमा आठवटा विस्फोट भएको तथा चाबहारमा विद्युत् आपूर्ति प्रभावित भएको समाचारमा उल्लेख छ। केही स्थानमा हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

    इरानी संसदका सभामुख मोहम्मद बाकर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई चेतावनी दिँदै, “यदि तपाईंले आक्रमण गर्नुहुन्छ भने त्यसको जवाफ पनि भोग्नुपर्नेछ। होर्मुज जलडमरूमध्य अमेरिकी धम्कीका आधारमा होइन, इरानी व्यवस्थाअनुसार मात्र सञ्चालन हुनेछ”, बताएका छन्।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले पनि ट्रम्पको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै, “हामी अभद्रताको जवाफ शब्दले होइन, कार्यद्वारा दिन्छौँ, भनेका छन्।

    यसैबीच राष्ट्रपति ट्रम्पले इरानसँगको वार्ता अब आफ्‌नो प्राथमिकता नभएको संकेत दिएका छन्। उनले इरानी नेतृत्वप्रति कडा टिप्पणी गर्दै, उनीहरूसँग वार्ता गर्नु समयको बर्बादी भएको बताएका छन्। यद्यपि, दुवै पक्षका वार्ताकारहरूले चाहेको खण्डमा संवाद जारी राख्न सक्ने सम्भावना भने खुला रहेको उनले उल्लेख गरेका छन् ।

    ट्रम्पले भविष्यमा आवश्यक परे इरानका महत्वपूर्ण पूर्वाधार, जस्तै पुल, समुद्री पानी प्रशोधन (डिसालिनेसन) प्लान्ट तथा प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपलाई समेत निशाना बनाउन सकिने चेतावनी दिएका छन्। उनले इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीति यथावत् रहेको पनि दोहोर्‍याएका छन्।

    विश्लेषकहरूका अनुसार, ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानप्रतिको अमेरिकी नीतिमा थप कठोरता आएको संकेत दिएको छ। केही साताअघिसम्म वार्तामार्फत समाधान खोज्ने आशा देखिए पनि अहिले पुनः सैन्य टकराव तीव्र हुने सम्भावना बढेको देखिएको छ ।

    अमेरिका र इरानबीच भएको अस्थायी युद्धविराम सम्झौता अझै एक महिना पनि नपुग्दै दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाइरहेका छन्। पछिल्ला घटनाक्रमले मध्यपूर्वमा सुरक्षा अवस्था थप जटिल बन्न सक्ने चिन्ता बढाएको छ ।

    बिहिबार, असार २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ४.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.