• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

सभामुख अर्याल : सत्तारूढ दलको प्रवक्ता कि संविधानको संरक्षक ?


  •   बुधबार, असार २४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । असार २४ गते प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई प्रश्न गरे । सभामुखले बलियोसँग काम नगरेको भन्ने अर्थमा सांसद राईले भने– ‘सम्माननीय सभामुख महोदय । सम्माननीय सभामुखलाई एउटा निवेदन गर्नुपर्‍यो । तपाईं कान सुन्नुहुन्छ कि हुन्न ? मेरो सभामुखलाई निवेदन हो ।’

    Advertisement

    यति भनेपछि सभामुख अस्वाभाविक रूपमा प्रस्तुत भए । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका सङ्ग्रौलाले आग्रह गरेर संसदको रेकर्डबाट हटाउन माग गरेबमोजिम सभामुख अर्याललाई आग्रह गरिन् ।

    सभामुखले मन्तव्य सच्याउन समय दिएपछि सांसद राईले अगाडि भने– ‘गरिमामय संसद्मा आत्तिएर एउटा सदस्यले कुरा समयमा जुन व्यवहार गर्नुभयो नि । तपाईंले पाँच वर्ष सदन चलाउनु हुन्न सभामुख महोदय । मैले बुझिसकेँ, मैले खुट्टा हेरिसकेँ । किन हेरेँभन्दा पनि तपाईंले कुरा सुन्न परेन । नसुनीकन तपाईंले एकैचोटि भन्न मिल्छ ?’

    राईले यत्ति के भनेका थिए सभामुख अर्यालले संसद बैठक नै १५ मिनेटका लागि रोके । रेकर्डबाट हटाउनुअगाडि सभामुखले बैठक स्थगन गरे । बैठक स्थगनअगाडि उनले सचेत पनि गराएर भने– ‘माननीय सदस्य मर्यादामा बस्नुहोला । माननीय सदस्यलाई योभन्दा अगाडि बढ्नलाई म निर्देशन दिँदिनँ । समय दिँदिनँ । बस्नुस् । माननीय सदस्य बस्नुस् । माननीय सदस्यले सभामुखको अवहेलना गर्दै हुनुहुन्छ । सभाको अवहेलना गर्दै हुनहुन्छ । बस्नुस् ।’

    आफूलाई प्रश्न गरेको आधारमा सांसदलाई सचेत, संसद स्थगन र ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्नलाई रेकर्डबाट हटाएका सभामुख अर्यालले त्यही मापदण्ड आफ्ना सांसदको हकमा भने लागु गरेको देखिएन ।

    गत चैत २५ गते रास्वपा सांसद पुरुषोत्तम यादवले प्रतिनिधिसभामा बोलेका थिए– ‘जुन भूतले कमरेड ओलीलाई छलेको थियो त्यै भूतले आज कमरेड बादललाई छलेको देखिन्छ । त्यसैले म सरकारसँग जोडदार माग गर्दछु, एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्, किनकि आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ । त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ ।’

    यस मामिलामा सभामुख अर्याल मौन बने । ओली र एमालेले आलोचना गरेको मुद्दामा मात्रै होइन, राष्ट्रियताको सवालको मुद्दामा पनि सभामुखले सचेत गराउने, सदन स्थगन गर्ने र संसद्को रेकर्डबाट हटाउने गरेका छैनन् ।

    गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले एकाएक प्रतिनिधिसभामा उपस्थित भएर भनेका थिए– ‘मैले अस्ति प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ– भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

    भारतलाई नेपालसँगको सीमा वार्तामा सहज हुने गरी वालेन्द्रले यसो भन्दै गर्दा सभामुखले राजेन्द्र राईलाई गरेको जस्तो सचेत गराएनन्† संसद बैठक रोकेनन् र पछि संसद्को रेकर्डबाट हटाउन पनि रुलिङ गरेनन् ।

    आम रूपमा थाहा भएको विषय हो, अहिलेको प्रतिनिधिसभामा कैयौँ अस्वाभाविक व्यवहार देखा पर्ने गरेको छ । यस्ता अस्वाभाविक व्यवहार स्वयम् सत्तारूढ रास्वपाका सांसदबाट देखाइने गरेको छ, तर सभामुख अर्यालले यसप्रति संविधान संरक्षकको कर्तव्य निर्वाह गरेको देखिन्न ।

    फलस्वरूप प्रतिनिधिसभामा नेपाली कङ्ग्रेसका सचेतक भीष्मराज आङ्देम्बेले भनेका थिए– ‘गत कालमा सत्तापक्ष र प्रतिपक्षको माझमा कैयौँ विवाद हुने गरेका छन् तर सभामुख र प्रतिपक्षको माझमा यस खालको विवाद कहिल्यै भएको थिएन ।’

    वास्तविकता यही हो, अहिलेका सभामुख सत्तापक्षप्रति नरम देखिएका छन्, प्रधानमन्त्रीप्रति पनि त्यस्तै रवैया देखाएका छन् । उनी दलभन्दा माथि उठेर संविधानको संरक्षकको रूपमा प्रस्तुत हुने गरेका छैनन् । सभामुख अर्यालको यस्तो रवैया कहिलेसम्म यथावत् रहला ?

    बुधबार, असार २४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.