• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट अलगिने चार दलको निर्णय, प्रक्रिया र कार्यादेशप्रति असहमति


  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार २३ । संविधान संशोधनका लागि सरकारले गठन गरेको बहसपत्र तयारी कार्यदलको प्रक्रिया, कार्यादेश र उद्देश्यप्रति गम्भीर असहमति जनाउँदै चार राजनीतिक दलका प्रतिनिधिहरूले कार्यदलमा सहभागी हुन नसक्ने निर्णय गरेका छन्।

    Advertisement

    राष्ट्रिय जनमोर्चा (राजमो), नेपाल कम्युनिष्ट पार्टी (नेकपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधिहरूले संयोजकलाई संयुक्त पत्र बुझाउँदै कार्यदलबाट अलगिने जानकारी दिएका हुन् ।

    असार २२ गते सोमबार संयुक्त पत्रमा राजमोका मनोज भट्ट, नेकपाका देव गुरुङ, लोसपाका लक्ष्मण लाल कर्ण र जसपाका डा. सुरेन्द्र झाको हस्ताक्षर रहेको छ ।

    संयुक्त पत्रमा कार्यदल गठन भएदेखि नै बहसपत्रको औचित्य, वैधानिकता र कार्यक्षेत्रबारे पटक–पटक प्रश्न उठाइएको भए पनि सरकारले अहिलेसम्म स्पष्ट जवाफ नदिएको उल्लेख गरिएको छ। संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने नाममा संविधानका सबै धारा तथा प्रस्तावनासमेत खुला छलफलको विषय बनाउने प्रयास भइरहेको भन्दै त्यसप्रति उनीहरूले आपत्ति जनाएका छन् ।

    चार दलले संविधान संशोधनको बहानामा संविधानको प्रस्तावना, आधारभूत मूल्य–मान्यता तथा संरचनामाथि व्यापक बहस गराउने कार्य जनादेश र संविधानको भावनाविपरीत हुने दाबी गरेका छन्। संविधानले संशोधनको व्यवस्था गरे पनि त्यसको अर्थ संविधानका सम्पूर्ण आधारभूत विषयलाई पुनः खुला बहसमा लैजानु नभएको उनीहरूको भनाइ छ ।

    पत्रमा नेपालको वर्तमान संविधान संविधानसभाबाट व्यापक राष्ट्रिय सहमतिका आधारमा निर्माण भएको स्मरण गराउँदै त्यसको मूल मर्म र आधारभूत सिद्धान्तलाई संरक्षण गर्नुपर्ने उल्लेख गरिएको छ। प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेश नियमित व्यवस्थापकीय कार्यका लागि भएको र संविधान निर्माण वा आधारभूत पुनरावलोकनका लागि नभएको तर्क पनि पत्रमा गरिएको छ ।

    चार दलले संविधान संशोधन प्रक्रियामा अघि बढ्नुअघि बहसपत्र तयार गर्ने प्रक्रिया खारेज गर्न, संविधानको प्रस्तावना र आधारभूत मूल्य–मान्यता नचलाइने स्पष्ट प्रतिबद्धता जनाउन तथा संशोधन गर्न खोजिएका विषय र त्यसको औचित्यबारे संसद्मा प्रतिनिधित्व गर्ने सबै दलबीच सर्वदलीय छलफल गरी राष्ट्रिय सहमति कायम गर्न सरकारसँग माग गरेका छन् ।

    उनीहरूले यी विषयमा आवश्यक सुधार नगरेसम्म बहसपत्र तयारी कार्यदलको आगामी प्रक्रियामा आफ्नो सहभागिता नहुने स्पष्ट पारेका छन्।

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.