• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

हरियाणाको नहरमा डुबेर पाल्पाका दुइजना मजदुरहरूको मृत्यु


  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
  • खिमराज चालिसे

    Advertisement

    भारत । भारतको हरियाणा राज्यस्थित फतेहाबादमा नहरमा डुबेर पाल्पाका मजदुरहरूको मृत्यु भएको छ। छोरालाई बचाउने प्रयासमा नहरमा हाम फालेका बुबाले पनि ज्यान गुमाएका हुन्।

    मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३, सिद्धेश्वरका ३१ वर्षीय बिस्नु कुमाल र रिब्दिकोट गाउँपालिका–२, हार्थोकका १६ वर्षीय शुभाष सुनार रहेका छन्। बिस्नु हरियाणाको बिगडढाणस्थित एक कुखुरा फार्ममा कार्यरत थिए। घटना ४ जुलाईमा भएको हो।

    प्राप्त जानकारीअनुसार बिस्नु, शुभाष र अर्का एक साथी बीरु कुमाल दिउँसो नजिकैको नहरमा पौडी खेल्न गएका थिए। करिब १५ फिट गहिरो र २० फिट चौडा नहरमाथिको पुलबाट शुभाषले पानीमा हाम फालेपछि तीव्र बहावका कारण उनी डुब्न थालेका थिए। उनलाई बचाउन बिस्नु पनि नहरमा हाम फालेका थिए। तर, तीव्र बहावका कारण दुवै बेपत्ता भएका थिए।

    उनीहरूसँगै रहेका बीरु कुमालले पनि उद्धारको प्रयास गरेका थिए। तर, बहाव अत्यधिक भएकाले दुवैलाई बचाउन नसकी पुलमा बाँधिएको डोरीको सहारामा बाहिर निस्किन सफल भएका थिए।

    घटनापछि प्रहरीलाई खबर गरिएको थियो। त्यसलगत्तै प्रहरी, स्थानीय बासिन्दा र गोताखोरको टोलीले तीन दिनसम्म खोजी अभियान सञ्चालन गरेको थियो।

    खोजीका क्रममा ६ जुलाईमा दुर्घटनास्थलबाट बिस्नुको शव करिब पाँच किलोमिटर तल र शुभाषको शव करिब ३० किलोमिटर तल फेला परेको प्रहरीले जनाएको छ।

    दुवै शवको फतेहाबादस्थित सिभिल अस्पतालमा पोस्टमार्टमपछि अन्त्येष्टि गरिएको छ। मूल प्रवाह एकता समाज फतेहाबाद तथा हिसार नगर समितिका पदाधिकारी, कार्यकर्ता, स्थानीय प्रवासी नेपाली र परिवारजनको उपस्थितिमा अन्तिम संस्कार गरिएको मूल प्रवाहका केन्द्रीय सदस्य तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरले जानकारी दिए।

    रोजगारीका सिलसिलामा भारत पुगेका नेपाली श्रमिकमाथि परेको यो घटनाले हरियाणास्थित नेपाली समुदायलाई शोकाकुल बनाएको छ।

    मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.