प्युठान, असार २२ । प्युठानको माण्डवी गाउँपालिका–३, मार्सिवाङ निवासी तथा राष्ट्रिय जनमोर्चाका सदस्य स्वर्गीय धनबहादुर कवर क्षेत्रीको ८० वर्षको उमेरमा २०८३ साल असार १० गते निधन भएको थियो । उहाँको श्रद्धाञ्जली अर्पण गदै शोकसभा सम्पन्न गरिएको छ ।
भोजरात कुँवरको अध्यक्षता र लिलबहादुर राउतको सञ्चालनबाट अगाडि बढेको सो शोकसभामा जातिय समता समाजका महासचिव खगेश्वर सुनार, राजमो जिल्ला सदस्य इन्द्र बहादुर खड्का, खड्कबहादुर केसी, क्रान्तिकारी कम्युनिस्ट पार्टीका जितामित्र सुनार लगायतले शोक मन्तव्य राख्नुभएको थिथयो ।
वक्ताहरूले शोकसभामा धनबहादुर कवर क्षेत्रीको जीवन, सामाजिक योगदान तथा राजनीतिक सक्रियताबारे चर्चा गरेका थिए । कार्यक्रममा सहभागी वक्ताहरूले उहाँको निधनले गाउँ तथा पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।
सहभागीहरूले स्वर्गीय कवर क्षेत्रीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।राष्ट्रिय जनमोर्चा माण्डवी गाउँ समितिले समेत शोक–सूचना जारी गर्दै स्वर्गीय धनबहादुर कवर क्षेत्रीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
उहाँका छोराहरू युवराज कवर, निमबहादुर कवर, भोजराज कवर र अमृत कवर रहेका छन् । त्यस्तै छोरीहरू बाटुली केसी, देवा केसी र सरस्वती गैरे रहेका छन् ।