• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

सांसद तुलप्रसाद विश्वकर्माद्वारा डिजिटल लैंगिक हिंसाविरुद्ध कडा कानुन र संरचनागत सुधारको माग


  •   बुधबार, असार १७, २०८३ मा प्रकाशित
  • काठमाडौँ असार १७ । राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनको २३औँ बैठकमा संकल्प प्रस्तावमाथिको छलफलका क्रममा सांसद तुलप्रसाद विश्वकर्माले प्रविधिको दुरुपयोगमार्फत बढ्दै गएको डिजिटल लैंगिक हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसको नियन्त्रणका लागि सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको छ ।

    Advertisement

    विश्कर्माले माननीय रेणु चन्दद्वारा प्रस्तुत गरिएको “प्रविधिको प्रयोग गरी हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक, संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गर्ने” सम्बन्धी संकल्प प्रस्तावलाई पूर्ण समर्थन जनाउँदै विद्यमान कानुन, नीति तथा राज्य संयन्त्रलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

    उहाँका अनुसार डिजिटल माध्यमबाट हुने हिंसा दिनप्रतिदिन बढिरहेको छ, तर राज्यका विद्यमान कानुनी र संस्थागत संरचनाले त्यसलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सकेका छैनन् । विश्वकर्माले यस्तो हिंसा महिलामाथि बढी केन्द्रित भए पनि पुरुषहरू समेत पीडित भइरहेको उल्लेख गर्दै यसको मूल कारण समाजमा विद्यमान सामन्ती सोच, पितृसत्तात्मक संस्कार तथा विज्ञान–प्रविधिको सही प्रयोगबारे चेतनाको अभाव रहेको बताउनु भयो ।

    क्रान्तिकारी दृष्टिकोण प्रस्तुत गर्दै सांसद विश्वकर्माले प्रविधि जनताको मुक्तिको साधन बन्नुपर्नेमा प्रतिक्रियावादी सोच र विकृत संस्कृतिका कारण दमन र हिंसाको माध्यम बनिरहेको टिप्पणी गर्नुभयो । उहाँले समाजलाई वैज्ञानिक, प्रगतिशील र समानतामूलक दिशामा रूपान्तरण नगरी केवल कानुनी व्यवस्थाले मात्र समस्या समाधान नहुने धारणा राख्नुभएको थियो ।

    विश्वकर्माले सरकारले तत्काल आवश्यक कानुनी संशोधन, नीतिगत सुधार तथा संस्थागत पुनर्संरचना गरी डिजिटल लैंगिक हिंसाविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । साथै महिलामाथि बढ्दो डिजिटल हिंसालाई नियन्त्रण गर्न राज्यले विशेष प्राथमिकता दिनुपर्ने उहाँको माग थियो ।

    बुधबार, असार १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.