काठमाडौँ । अखिल नेपाल बुद्धिजीवी संघ केन्द्रीय समितिको आयोजनामा ‘वर्तमान विश्वमा युद्ध र शान्तिको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
आयोजकका अनुसार कार्यक्रम असार १८ गते दिउँसो २ बजे बागबजारस्थित हार्दिक होटलको सभाहलमा सम्पन्न हुने जनाइएको छ । विश्वभर बढ्दो द्वन्द्व, युद्धका प्रभाव, विश्व शान्तिको आवश्यकता तथा नेपालले निर्वाह गर्न सक्ने भूमिकाबारे गहन छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा आईकोर (ICOR) का को–अर्डिनेटर क. मोनिकाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । प्रस्तुत कार्यपत्रमाथि नेपालका विभिन्न राजनीतिक विश्लेषकहरूले टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी कार्यक्रममा प्रदीप ज्ञवाली, देव गुरुङ, हेमन्त प्रकाश वली ‘सुदर्शन’, श्याम श्रेष्ठ, लिला न्यौंपाने र महादीप पोखरेल वक्ताका रूपमा सहभागी भई विश्वमा बढ्दो युद्धको अवस्था, त्यसका राजनीतिक, आर्थिक तथा मानवीय प्रभाव र दिगो शान्ति स्थापनाका उपायबारे आफ्नो धारणा राख्नेछन् ।
आयोजकले बुद्धिजीवी, राजनीतिक विश्लेषक, सञ्चारकर्मी, विद्यार्थी तथा सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरेको छ ।