• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, असोज ०८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

भारी वर्षाको चुनौती

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

विकास निर्माणको कामलाई गति दिन निर्देशन

लोकप्रिय समाचार

  • १. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • २. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ३. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ४. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ५. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

  • ६. संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

  • ७. हार्दिक शुभकामना

  • ८. ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

  • ९. आदर्शको पहाड

  • १०. जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता

बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • लन्डन, १५ असार । बेलायतका आगामी प्रधानमन्त्रीको प्रमुख उम्मेदवार एन्डी बर्नह्यामले सोमबार आफ्नो आर्थिक एजेन्डा सार्वजनिक गर्ने योजना बनाउनुभएको छ । यो केही साता पहिले प्रधानमन्त्री केइर स्टार्मरले राजीनामा दिएपछि उहाँको पहिलो प्रमुख नीतिगत घोषणा हुनेछ ।

    Advertisement

    बर्नह्याम हाल स्टार्मरको स्थान लिनका लागि एकमात्र उम्मेदवार हुनुहुन्छ । यदि कुनै प्रतिद्वन्द्वी उम्मेदवार दर्ता नभएमा ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नह्याम मध्य जुलाईमा नै प्रधानमन्त्री बन्न सक्नुहुनेछ ।

    यो महिना सांसद बन्ने अभियानका क्रममा बर्नह्यामले विशेष गरी सत्तारूढ लेबर पार्टीको नीतिलाई ‘लेफ्ट’ तर्फ लैजाने कि नलैजाने भन्ने आफ्नो आर्थिक एजेन्डाबारे अस्पष्ट रहेको देखिएको थियो ।

    म्यान्चेस्टरस्थित आफ्नो गढमा रहेको एउटा सङ्ग्रहालयमा दिने अपेक्षित भाषणमा उहाँले आफ्नो आर्थिक नीति विस्तृत रूपमा प्रस्तुत गर्ने र वेस्टमिन्स्टरबाट एक दशक टाढा रहेर पनि सरकार चलाउन तयार रहेको प्रमाणित गर्ने बताइएको छ ।

    व्यवसायमैत्री समाजवादी र लेबर पार्टीको ‘सफ्ट लेफ्ट’ को प्रतिनिधित्व गर्ने मानिने बर्नह्यामले सरकारको हालको ऋण सीमालाई कायम राख्ने प्रतिबद्धता जनाएर बजारलाई आश्वस्त पार्न खोज्नुभएको छ।

    मन्त्री स्टिभ रिडले आइतबार स्काई न्यूजलाई बताएअनुसार केही नीतिहरूमा ‘छलफल’ हुन सक्छन् तर बर्नह्याम दुई वर्षअघि स्टार्मरलाई ठूलो बहुमत दिलाउने घोषणापत्रप्रति ‘प्रतिबद्ध’ हुनुहुन्छ ।

    मेयरको रूपमा र अहिले प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारको रूपमा बर्नह्यामको मुख्य नारा विगतदेखि नै अधिकार हस्तान्तरण (विकेन्द्रीकरण) अर्थात् यातायातदेखि आवाससम्मका विषयमा स्थानीय सरकारहरूलाई निर्णय गर्ने अधिकार दिने रहेको छ ।

    बर्नह्यामको सूचना तथा जनसम्पर्क कार्यालयले सम्बोधनको ‘मुख्य प्रस्ताव ह्वाइटहलबाट आधुनिक समयको सबैभन्दा ठूलो शक्ति हस्तान्तरण हो’ भनेको छ । ह्वाइटहल भनेको लन्डनको त्यो क्षेत्र हो जहाँ सरकारका मुख्य मन्त्रालयहरू केन्द्रित छन् । निर्णय प्रक्रिया क्षेत्रीय र स्थानीय समुदायमा लैजाने प्रस्ताव बर्नह्यामको रहने छ ।

    बर्नह्यामले ‘नम्बर टेन नर्थ’ को स्थापना प्रस्ताव गर्नुहुने बताइएको छ । यो बेलायती प्रधानमन्त्रीको ‘टेन डाउनिङ स्ट्रीट’को ठेगानालाई सामान्य परिवर्तन गर्दै बनाइएको शब्द हो । यसको लक्ष्य ‘केन्द्रीकृत, माथिबाट निर्देशित मोडेललाई स्थानीय रूपमा सञ्चालित आर्थिक विकासले प्रतिस्थापन गर्नु’ हो ।

    “बर्नह्यामले बेलायतका हरेक भागका समुदायले आफ्नै एजेन्डा अघि बढाउन सक्नेगरी पूरै देशभरि यो सुधार चाहनुहुन्छ,” बर्नह्यामका सहयोगी तथा लेबर पार्टीकी उपनेता लुसी पावेलले आइतबार बीबीसीसँग भन्नुभयो ।

    “‘म्यान्चेस्टरवाद’ शब्दको प्रयोग गर्दै बर्नह्यामले यसलाई व्यवसायमैत्री समाजवादको रूपमा परिभाषित गर्नुभएको छ । उहाँ ठूला पर्म वा कम्पनी र व्यवासायीहलाई कर छुट र अन्य आर्थिक सुविधा दिएर अर्थतन्त्रलाई चलायमान बनाउने सिद्धान्त र नवउदारवादको विरोधमा हुनुहुन्छ ।

    देशको गरिब उत्तर क्षेत्रमा बढी स्रोत र लगानी ल्याउन बर्नह्यामले केही सरकारी कार्यालयहरूलाई म्यान्चेस्टर सार्ने चाहना राख्नुभएको फाइनान्सियल टाइम्स र बेलायतका अन्य सञ्चारमाध्यमले जनाएका छन् ।

    उहाँका स्पष्ट आर्थिक योजनाहरूमा यातायात, पानी र ऊर्जाजस्ता सेवाहरूमा ‘जनताको नियन्त्रण’ बढाउने रहेको छ ।

    अभियानका क्रममा बर्नह्यामले साना व्यवसायको पक्षमा आफूलाई उभ्याउनुभएको देखिन्छ र साङ्गितिक कार्यक्रमस्थलका लागि व्यवसाय दर घटाउने प्रस्ताव गर्नुभएको छ।

    स्टार्मरले राजीनामा दिएपछि बेलायती सञ्चारमाध्यम र व्यवसायिक क्षेत्रमा बर्नह्यामले कसलाई अर्थमन्त्री बनाउनुहुन्छ भन्ने अनुमान चलेको छ । यो निर्णयले उहाँको सरकार कति बायाँपट्टि झसकाव राख्ने र राष्ट्रियतावादी हुन्छ भन्ने निर्धारण गर्नेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो बहसमा टिप्पणी गर्दै बर्नह्यामलाई ‘अत्यन्त उदारवादी’ राजनीतिज्ञ भन्नुभएको छ । बर्नह्यामले ‘नर्थ सी’ लाई तेल र ग्यास ड्रिलिङका लागि ‘खुला’ गर्न नदिने सम्भावना छ ।

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध
    अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण
    गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ
    पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द
    भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता
    भारी वर्षाको चुनौती

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • २.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ३.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ४.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • ५.
      रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

    • ६.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    भर्खरै

    • १.
      वर्षाले पाल्पाका ग्रामीण सडक अवरुद्ध

    • २.
      अफगानिस्तानमा पाकिस्तानद्वारा १० स्थानमा हवाई तथा ड्रोन आक्रमण

    • ३.
      गोलान सिरियाको अभिन्न अङ्ग भएको अल–साराको भनाइ

    • ४.
      पहिरोले कान्ति लोकपथ पूर्ण रुपमा बन्द

    • ५.
      भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता

    • ६.
      भारी वर्षाको चुनौती

    • ७.
      पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    • ८.
      तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेश खुला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.