• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अफगानिस्तानमा पाकिस्तानी आक्रमण


  •   सोमबार, असार १५, २०८३ मा प्रकाशित
  • इस्लामाबाद, १५ असार । पाकिस्तानले पूर्वी अफगानिस्तानमा रातभर गरेको हवाई तथा स्थलगत कारबाहीपछि दुई छिमेकी मुलुकबीचको तनाव फेरि चर्किएको छ । पाकिस्तानले उक्त कारबाही आतङ्कवादी समूहविरुद्ध लक्षित रहेको दाबी गरेको छ भने तालिबान नेतृत्वको अफगान सरकारले हवाई आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएको वा घाइते भएको जनाएको छ ।

    Advertisement

    पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले कराचीमा सप्ताहन्तमा भएको घातक आक्रमणमा संलग्न समूहलाई निशाना बनाएर अफगानिस्तानको पाक्तिया, पाक्तिका र कुनार प्रान्तमा सटीक हवाई आक्रमण गरिएको बताउनुभयो  । उहाँका अनुसार उक्त कारबाहीमा २५ जना आतङ्कवादी मारिएका छन् भने सीमावर्ती क्षेत्रमा सञ्चालन गरिएको स्थलगत कारबाहीमा थप चार जना लडाकू मारिएका छन् । पाकिस्तानले प्रतिबन्धित तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) बाट अलगिएको जमात–उल–अहरार समूहलाई लक्षित गरिएको जनाएको छ ।

    यता तालिबान सरकारले तीनवटै पूर्वी प्रान्तमा भएका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सैन्य कारबाहीको निन्दा गर्दै यसलाई ‘कायरतापूर्ण आक्रमण’ को संज्ञा दिनुभएको छ । अफगान अधिकारीहरूले आफ्नो भूमिमा विदेशी विद्रोही समूहलाई आश्रय दिएको आरोप निरन्तर अस्वीकार गर्दै आएका छन् ।

    सन् २०२१ मा तालिबान पुनः सत्तामा आएयता पाकिस्तान र अफगानिस्तानबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । फेब्रुअरीमा एक सातासम्म चलेको भीषण सङ्घर्षपछि दुवै देशले मार्चमा युद्धविराममा सहमति गरेका थिए, तर त्यसयता सीमावर्ती क्षेत्रमा छिटफुट हिंसात्मक घटना दोहोरिँदै आएका छन् । अफगान अधिकारीहरूका अनुसार जुन महिनामा भएको पाकिस्तानी आक्रमणमा कम्तीमा १३ जनाको ज्यान गएको थियो ।

    पछिल्लो घटनाको पृष्ठभूमिमा कराचीस्थित रेन्जर्स अर्धसैनिक शिविरमा शनिबार भएको आक्रमणलाई लिइएको छ । विस्फोटक पदार्थ र गोली प्रहार गरिएको उक्त घटनामा तीन जना अर्धसैनिक जवान मारिएका थिए । पाकिस्तानले घटनामा संलग्न व्यक्तिहरूमध्ये एक अफगान नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

    इस्लामाबादले वर्षौंदेखि पाकिस्तानविरुद्ध हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका टिटिपीका लडाकूहरूको आश्रयस्थल र हतियार भण्डारलाई लक्षित गरेर सीमापार सटीक कारबाही गर्न बाध्य भएको बताएको छ । तर अफगान पक्षले आफ्ना भूभागलाई उग्रवादीहरूले प्रयोग गरेको आरोप अस्वीकार गर्दै आएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार पछिल्ला महिनाहरूमा भएका पाकिस्तानी कारबाही तथा सीमावर्ती सङ्घर्षका कारण सयौँ व्यक्तिको ज्यान गइसकेको छ । फेब्रुअरीको अन्त्यतिर भएको युद्धमा सयौँ मानिस मारिनुका साथै दशौँ हजार नागरिक विस्थापित भएका थिए । त्यसक्रममा सीमाक्षेत्रमा तीव्र लडाइँ भएको थियो भने तालिबानका सर्वोच्च नेता बस्ने दक्षिणी सहर कान्दाहारसहित विभिन्न अफगान सहरहरूमा अभूतपूर्व पाकिस्तानी हवाई आक्रमण भएका थिए ।

    चीनसहित विभिन्न देशहरूले मध्यस्थताको प्रयास गरे पनि दुई छिमेकी राष्ट्रबीच स्थायी समाधानको पहल सफल हुन सकेको छैन । गत अक्टोबरमा सीमापार हिंसा बढेपछि अधिकांश सीमा नाकाहरू आंशिक वा पूर्ण रूपमा बन्द भएका छन् र दुवै देशबीचको अविश्वास अझ गहिरिँदै गएको छ ।

    सोमबार, असार १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.