• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपा (मसाल)द्वारा कामरेड मिनराज रानाप्रति हार्दिक श्रद्धाञ्जली


  •   शनिबार, असार १३, २०८३ मा प्रकाशित
  • प्यूठान, असार १३। स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख तथा नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्ला समितिका सचिवालय सदस्य कामरेड मिनराज रानाको शनिबार भएको सवारी दुर्घटनामा निधन भएको छ।

    Advertisement

    शनिबार दिउँसो स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गरेको सरकारी गाडी भीरबाट खसेर दुर्घटनाग्रस्त हुँदा रानाको घटनास्थलमै निधन भएको हो । उहाँको निधनप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा पार्टीका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति प्रकट गरेको छ।

    पार्टीका अनुसार राना एक होनहार, जुझारु, इमानदार, अनुशासित, प्रतिबद्ध तथा कर्तव्यनिष्ठ नेता हुनुहुन्थ्यो। उहाँले विभिन्न जनवर्गीय संगठनहरूमा रहेर महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुभएको थियो। पछिल्लो स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।

    राना नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्ला समितिको सचिवालय सदस्यका रूपमा सक्रिय रहँदै पार्टी तथा आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको थियो । उहाँ स्वर्गद्वारी नगरपालिकाका जनताको प्रिय जनप्रतिनिधिका रूपमा समेत परिचित हुनुहुन्थ्यो ।

    पार्टीले उहाँको निधनले प्यूठानको कम्युनिस्ट आन्दोलन तथा पार्टीको समग्र आन्दोलनलाई अपूरणीय क्षति पुगेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा दिवंगत रानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

    वक्तव्यमा लेखिएको छः

    हार्दिक श्रद्धाञ्जली

    “प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका उपप्रमुख कामरेड मिनराज रानाको शनिबार दिउँसो स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गरेको सरकारी गाडी भीरबाट खसेर दुर्घटनाग्रस्त हुँदा उक्त दुर्घटनामा परी मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गम्भीर दुःख व्यक्त गर्दै सन्तप्त समस्त परिवारजन सहित नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्लाका सम्पूर्ण सदस्यहरूप्रति हार्दिक समवेदना र गहिरो सहानुभूति व्यक्त गर्दछौँ ।

    कामरेड मिनराज राना हाम्रो पार्टीको होनाहार, जुझारु, इमान्दार, अनुशासित, प्रतिवद्ध र कर्तव्यनिष्ठ सदस्य हुनुहुन्थ्यो । उहाँले विभिन्न जनवर्गीय संगठनमा रहेर जिम्मेवारी पूरा गर्नु भएको थियो । पछिल्लो समयमा उहाँ राष्ट्रिय जनमोर्चाको तर्फबाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुखमा निर्वाचित हुनुभएको थियो । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्यूठान जिल्ला समितिको सचिवालय सदस्य हुनुहुन्थ्यो । हाम्रो पार्टीको आन्दोलनमा उहाँको धेरै महŒवपूर्ण भूमिका रहेको थियो । उहाँ सामाजिक जीवनमा सहज भिजेको स्वर्गद्वारी नगरपालिकाका जनताको प्रिय जनप्रतिनिधि हुनुहुन्थ्यो । यसरी उहाँको मृत्युले प्यूठानको कम्युनिस्ट आन्दोलनका साथै हाम्रो पार्टीको आन्दोलनमा अपूरणीय क्षति हुन गएको छ ।

    अन्तमा हामीले कामरेड मिनराज रानाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।”

    २०८३ असार १३ गते

    शनिबार, असार १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.