• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सांसद विश्वकर्माद्वारा सपुर्दगी सन्धिदेखि सुकुम्बासी र दलित आन्दोलनसम्म सरकारको ध्यानाकर्षण


  •   शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार १२। राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै सांसद तुलप्रसाद विश्वकर्माले वर्तमान सरकारका विभिन्न निर्णय र गतिविधिमाथि गम्भीर प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले भारतसँग गरिएको सपुर्दगी सन्धि, सुकुम्बासी व्यवस्थापन, दलित समुदायको आन्दोलन तथा अपाङ्गता भएका व्यक्तिमाथि गरिएको व्यवहारलगायत विषयमा सरकारको आलोचना गर्नुभयो।

    Advertisement

    सांसद विश्वकर्माले भारतसँग गरिएको सपुर्दगी सन्धि नेपालको हितभन्दा भारतको हितमा केन्द्रित रहेको दाबी गर्नुभयो। सरकारले यसलाई “सन्धि” नभई “सम्झौता” भनेर जनतालाई भ्रममा पार्न खोजेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “यस्तो निर्णयले नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतामा दीर्घकालीन असर पर्नेछ।”

    उहाँले नेपालको तुलनामा भारतको जनसंख्या अत्यधिक भएकाले भविष्यमा भारतीय अपराधी नेपालमा लुक्ने र उनीहरूको खोजीका नाममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गर्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्तो अवस्थाले नेपालको सुरक्षा र सार्वभौमिकतामाथि नकारात्मक असर पर्न सक्ने उहाँको भनाइ थियो।

    सांसद विश्वकर्माले सुकुम्बासी समस्या समाधानमा सरकारको कार्यशैलीको पनि आलोचना गर्नुभयो। “वैकल्पिक व्यवस्थापन नगरी डोजर प्रयोग गरेर बस्ती हटाइयो र पछि होल्डिङ सेन्टरमा राखिएका परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँ दिएर त्यहाँबाट हटाउने प्रयास गरियो,” भन्दै उहाँले त्यसपछि उनीहरूको जीवनयापनको जिम्मेवारी पनि सरकारले लिनुपर्नेमा जोड दिनुभयो।

    यस्तै, महोत्तरीको मनहरी क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका दलित समुदायले आफ्ना माग राख्दै आन्दोलन गरिरहेको भए पनि सरकारले त्यसतर्फ बेवास्ता गरेको उहाँको आरोप थियो।

    विश्वकर्माले हाल प्रदर्शन भइरहेको एक चलचित्रप्रति बादी समुदायले जातीय अपमान भएको भन्दै विरोध गरिरहेको उल्लेख गर्दै सरकारले आन्दोलनरत समुदायसँग संवाद गरी समस्या समाधान गर्नुपर्ने बताउनुभयो। यदि चलचित्रमा आपत्तिजनक सामग्री रहेको प्रमाणित भए त्यस्तो चलचित्रमाथि प्रतिबन्ध लगाउन पनि सरकार तयार हुनुपर्ने उहाँको धारणा थियो।

    त्यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूले जीविकोपार्जनका लागि सडकमा सामान बिक्री गर्दा उनीहरूमाथि गरिएको दमन र पक्राउप्रति पनि सांसद विश्वकर्माले आपत्ति जनाउनुभयो। पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न, उनीहरूको सुनुवाइ गर्न तथा वैकल्पिक जीविकोपार्जनको व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो।

    अन्त्यमा सांसद विश्वकर्माले राष्ट्रिय हित, सामाजिक न्याय तथा नागरिकका आधारभूत अधिकारसँग सम्बन्धित विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै आफ्ना सबै मागप्रति तत्काल ध्यान दिन सरकारसँग आग्रह गर्नुभयो।

    शुक्रबार, असार १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.