काठमाडौं, असार १२ — प्रतिनिधिसभाको आजका लागि तय गरिएको बैठक स्थगित गरिएको छ।
Advertisement
सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार बैठक अब असार १३ गते शनिबार बस्नेछ।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६(३) बमोजिम आज दिउँसो १ बजेका लागि तय गरिएको बैठक स्थगित गरी शनिबारका लागि सारिएको जानकारी दिनुभएको हो।
यसअघि पनि असार ११ गतेका लागि तय गरिएको बैठक सूचनामार्फत स्थगित गरिएको थियो।
यसैबीच, चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएकाले प्रतिनिधिसभाको बैठक सारिएको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, बैठक स्थगित गर्नुको आधिकारिक कारण भने सूचनामा उल्लेख गरिएको छैन।