काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनालले प्रदेश सभा खारेजी पार्टीको राजनीतिक दृष्टिकोण भए पनि रास्वपाले एक्लै कार्यान्वयन गर्न नसक्ने बताएका छन्।
Advertisement
रास्वपाको प्रथम महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले संविधान संशोधन वा संरचनागत परिवर्तनका लागि अन्य राजनीतिक दलहरूको सहमति आवश्यक पर्ने बताए। उनले प्रदेश सभा खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र पालिकाको संख्या घटाउने विषय पार्टीले राष्ट्रिय बहसका लागि प्रस्ताव गरेको धारणा व्यक्त गरे।