• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

रास्वपाले फेर्यो राजनीतिक सिद्धान्त, अब ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो राजनीतिक सिद्धान्त परिवर्तन गर्दै ‘संवैधानिक समाजवाद’को सट्टा ‘सामाजिक लोकतन्त्र’लाई मूल राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गर्ने निर्णय गरेको छ।

    Advertisement

    पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमार्फत संवैधानिक समाजवादबाट सामाजिक लोकतन्त्रतर्फ अघि बढ्ने प्रस्ताव गरेका हुन्। प्रतिवेदनमा लोकतान्त्रिक मूल्य, प्रतिस्पर्धात्मक अर्थतन्त्र, बलिया संस्था र उत्तरदायी शासनलाई एकअर्काका पूरक तत्वका रूपमा व्याख्या गरिएको छ।

    लामिछानेले पार्टी स्थापना गर्दा संवैधानिक समाजवादलाई सिद्धान्तका रूपमा स्वीकार गरिएको भए पनि त्यसको स्पष्ट वैचारिक व्याख्या र कार्यान्वयनको मार्गचित्र अस्पष्ट रहेको उल्लेख गरेका छन्। उनका अनुसार संविधानलाई नै ‘वाद’ वा राजनीतिक सिद्धान्तका रूपमा स्वीकार गर्नु उपयुक्त नहुने निष्कर्षमा पार्टी पुगेको छ।

    प्रतिवेदनमा संविधानप्रति पार्टीको प्रतिबद्धता यथावत् रहेको स्पष्ट पारिएको छ। संविधान र राजनीतिक दलको नीति, विचार तथा सिद्धान्त फरक विषय भएको उल्लेख गर्दै संविधानलाई राज्य सञ्चालनको आधारभूत दस्तावेज र राजनीतिक सिद्धान्तलाई दलको वैचारिक मार्गदर्शकका रूपमा व्याख्या गरिएको छ।

    प्रतिवेदनमा संवैधानिक समाजवादसम्बन्धी केही मूलभूत प्रश्नहरू पनि उठाइएको छ। संविधानभित्र रहेर काम गर्नु मात्रै संविधानवाद हो कि त्यसको छुट्टै नीति तथा कार्यक्रम हुन्छ भन्ने प्रश्नसँगै संविधानमा समाजवाद उल्लेख हुँदैमा सोही प्रणालीमार्फत समाजवाद प्राप्त गर्न सकिने वा नसकिने विषयमा पार्टीभित्र बहस हुँदै आएको छ।

    यस्तै, संविधान राजनीतिक शक्तिहरूबीचको सम्झौताबाट बनेको र समयअनुसार संशोधनको आवश्यकता पर्ने दस्तावेज भएकाले त्यसलाई स्थायी ‘वाद’का रूपमा ग्रहण गर्नु उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेको छ।

    रास्वपाले जलेश्वर बैठकबाट पारित प्रस्तावनामा अवसरको न्यायोचित वितरण, पहुँच र उपयोग सुनिश्चित गर्दै लैङ्गिक, जातीय, वर्गीय तथा क्षेत्रीय विभेदविरुद्ध निर्णायक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो। अब सामाजिक लोकतन्त्रलाई वैचारिक आधार बनाएर पार्टीले आगामी राजनीतिक यात्रा अघि बढाउने जनाएको छ।

    सामाजिक लोकतन्त्र के हो ?

    सरल भाषामा भन्नुपर्दा, सामाजिक लोकतन्त्र भनेको लोकतन्त्र र पुँजीवादी बजार अर्थतन्त्र कायम राख्दै राज्यको हस्तक्षेपमार्फत सामाजिक न्याय र नागरिक कल्याण सुनिश्चित गर्ने राजनीतिक दर्शन हो। यसलाई ‘मानवीय अनुहार भएको पुँजीवाद’ पनि भन्ने गरिन्छ।

    सामाजिक लोकतन्त्र कार्यान्वयन भएका देशहरू

    स्विडेन, नर्वे, डेनमार्क, फिनल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स र अस्ट्रिया लगायतका देशहरूले सामाजिक लोकतन्त्रलाई व्यवहारमा लागू गरेका छन्। यद्यपि, ती देशहरूको आर्थिक अवस्था, सामाजिक संरचना, उत्पादन सम्बन्ध र संस्थागत विकास नेपालको अवस्थाभन्दा धेरै फरक छ। त्यसैले विकसित देशहरूले अपनाएका नीतिहरू नेपालमा कति सफल वा असफल हुन्छन् भन्ने कुरा व्यवहारिक परिणामले नै देखाउनेछ।

    सामाजिक लोकतन्त्रको सबैभन्दा चर्चित उदाहरण स्विडेन हो। यहाँ उच्च कर प्रणाली भए पनि शिक्षा, स्वास्थ्य, पेन्सन तथा सामाजिक सुरक्षामा राज्यले ठूलो लगानी गर्छ। नर्वेले तेलबाट प्राप्त आम्दानीलाई सामाजिक कल्याणमा लगानी गर्दै उच्च जीवनस्तर कायम गरेको छ।

    डेनमार्कले सामाजिक सुरक्षा, श्रमिक अधिकार र व्यवसायमैत्री वातावरणबीच सन्तुलन कायम गरेको उदाहरण प्रस्तुत गरेको छ। फिनल्यान्ड विश्वकै उत्कृष्ट शिक्षा प्रणाली र सामाजिक सुरक्षाका कारण सामाजिक लोकतन्त्रको सफल अभ्यासका रूपमा चिनिन्छ।

    जर्मनीले ‘सामाजिक बजार अर्थतन्त्र’को अवधारणाअन्तर्गत बजार प्रतिस्पर्धा र सामाजिक सुरक्षालाई सँगसँगै अघि बढाएको छ। नेदरल्यान्ड्स र अस्ट्रियाले पनि सामाजिक लोकतान्त्रिक नीतिहरूलाई व्यापक रूपमा कार्यान्वयन गरेका छन्।

    समाजवाद र सामाजिक लोकतन्त्रबीचको फरक

    समाजवादले उत्पादनका साधनमा राज्य वा सामूहिक स्वामित्वलाई प्राथमिकता दिन्छ। यसले पुँजीवादको विकल्प खोज्ने प्रयास गर्दछ र अर्थतन्त्रमा राज्यको व्यापक नियन्त्रण रहने मान्यता राख्छ। आर्थिक समानता यसको प्रमुख उद्देश्य मानिन्छ।

    सामाजिक लोकतन्त्रले भने निजी स्वामित्व र बजार अर्थतन्त्रलाई स्वीकार गर्छ। यसले बजार प्रणालीलाई कायम राख्दै राज्यको नियमन र सामाजिक सुरक्षामार्फत असमानता कम गर्ने प्रयास गर्दछ। यस अवधारणाले आर्थिक वृद्धि, सामाजिक सुरक्षा र अवसरको समान पहुँचबीच सन्तुलन कायम गर्ने लक्ष्य राख्छ।

    सामाजिक लोकतन्त्रका समर्थकहरू यसलाई लोकतान्त्रिक प्रणालीभित्र सामाजिक न्याय हासिल गर्ने प्रभावकारी माध्यम मान्छन् भने आलोचकहरूका अनुसार यसले पुँजीवादी संरचनालाई यथावत् राख्दै सुधारवादी उपायहरूमा जोड दिन्छ।

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.