• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती व्यवस्थापन हुन बाँकी


  •   मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
  • कास्की, असार ९ । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित सुविधासम्पन्न बसपार्क निर्माणका लागि क्षेत्रभित्र रहेका सबै व्यापारिक संरचना हटाएको छ।

    Advertisement

    बसपार्क क्षेत्रभित्र रहेको बास्तोला कम्प्लेक्ससहित उत्तरतर्फको पेट्रोलपम्प लाइनका सटर तथा कबलहरू हटाइएको महानगरले जनाएको छ। विसं २०३० मा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गामा करिब पाँच दशकपछि ‘साइट क्लियर’ गर्ने कार्य सुरु गरिएको हो। संरचना हटाइएका स्थानमा सरसफाइ तथा सम्याउने कामसमेत गरिएको छ।

    यद्यपि, बसपार्क निर्माणको मुख्य चुनौतीका रूपमा रहेको सुकुमवासी बस्ती भने अझै हटाइएको छैन । बसपार्क क्षेत्रभित्र रहेका तीन सुकुमवासी बस्तीमा ५७२ परिवार बसोबास गर्दै आएका छन्। महानगरले उनीहरूको वैकल्पिक व्यवस्थापनपछि मात्र बस्ती हटाउने जनाएको छ ।

    पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सुकुमवासीहरूको व्यवस्थापन नगरी उनीहरूलाई हटाइने अवस्था नरहेको स्पष्ट पार्नुभयो। उहाँका अनुसार बस्तीमा बसोबास गर्नेहरूको विवरण तथा कागजात प्रमाणीकरणको काम भइरहेको छ । केही व्यक्तिले गलत वा अपूर्ण विवरण दिएको भेटिएकाले त्यस्ता व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।

    महानगरले पटक–पटक सुकुमवासीहरूको उचित व्यवस्थापनपछि मात्र स्थानान्तरण गरिने प्रतिबद्धता जनाएको उल्लेख गर्दै प्रमुख आचार्यले बाहिरी व्यक्तिहरूले गलत सूचना फैलाएर बस्तीवासीलाई भ्रमित पार्ने प्रयास गरिरहेकोप्रति सचेत रहन आग्रह गर्नुभयो।

    हाल डोजर लगाएर खाली गरिएको बास्तोला कम्प्लेक्स तथा पेट्रोलपम्प लाइनको जग्गा निजी स्वामित्वमा रहेको बताइएको छ। बसपार्कका लागि अधिग्रहण गरिए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले उक्त क्षेत्रभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।

    महानगरपालिकाले जग्गा सट्टाभर्नालगायतका विषयको छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समिति गठन गरेको छ। समितिले भने हालसम्म प्रतिवेदन बुझाउन सकेको छैन ।

    उता, बसपार्क क्षेत्रका सुकुमवासीहरू पनि उचित वैकल्पिक व्यवस्था भएमा बस्ती खाली गर्न तयार रहेको बताएका छन्। सुकुमवासी सरोकार समितिका अध्यक्ष प्रेम गुरुङले आफूहरू विकासका विरोधी नभएको उल्लेख गर्दै बसोबासको विकल्प उपलब्ध गराइए तत्काल स्थानान्तरण हुन तयार रहेको बताउनुभयो ।

    मङ्गलबार, असार ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.