• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

कोरोना नियन्त्रणबारे प्रधानमन्त्रीलाई राजमोको ८ बुँदे सुझाव


  •   बुधबार, साउन २१, २०७७ मा प्रकाशित
  • काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न राष्ट्रिय जनमोर्चाले सरकारलाई ८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक दल तथा विज्ञहरुसँग छलफल गरिरहेको सन्दर्भमा राजमोले पनि पार्टीको तर्फबाट सुझाव पेश गरेको हो ।

    Advertisement

    बुधबार अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्रीलाई दिइएका सुझावबारे स्पष्ट पार्नुभएको छ ।
    विज्ञप्तिमा अध्यक्ष केसीले चार महिना लामो लकडाउनका कारण जनजीवन कष्टकर बनेको सन्दर्भमा देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न उपयुक्त हुने बताउनुभएको छ ।

    यस्तो छ वक्तव्य :
    ‘कोरोना भाइरस अहिले नेपालमा तीब्ररुपमा फैलिएको छ । विषेशगरी भारतबाट अनियमित रुपबाट आएकाहरुबाट यसरी कोरोना भाइरस फैलिएको छ र यो समुदायस्तरमा नै फैलिएको छ । कतिपयले पुनः राष्ट्रियस्तरमा नै लकडाउन गर्नुपर्ने कुरा उठाइरहेका बेला प्रधानमन्त्रीले विज्ञ तथा राजनीतिक दलका नेताहरुसँग छलफल गरिरहनु भएको छ । यस किसिमको छलफललाई हामीले सकारात्मक रुपमा लिन्छौँ ।

    विज्ञहरुले लकडाउन मात्र कोरोना संक्रमणको समाधान नभएको बताईरहेका छन् । उनीहरुले उपचारात्मक तथा सामाजिक दुरी कायम गर्ने कुरामा जोड दिइरहेका छन् । संक्रमित रोगको प्रकोप कैयन अबस्थामा वर्षौँसम्म रहन सक्दछ । त्यो स्थितिमा लकडाउन प्रकोप नियन्त्रणको लागि प्रमुख तरिका हुन सक्दैन । विगत चार महिनाको लकडाउनले देशको अर्थतन्त्रमा काफी नकारात्मक प्रभाव परिरहेको छ ।

    जनताको जनजीविका महंगो हुनुको साथै कष्टकर बनेको छ । त्यसकारण, देशभर लकडाउन गर्ने नीतिभन्दा अहिले आवश्यकता अनुसार स्थानीय तहले लकडाउन गर्न सक्ने नीति नै सही छ । समुदायस्तरमा फैलिसकेको भाइरसलाई लकडाउनले नियन्त्रण गर्न सक्दैन । नेपालमा कोरोना भाइरसको संक्रमण भारतबाट आएकाहरुबाट तराईमा बढी फैलिएको छ । तराई र काठमाडौँ उपत्यकामा बढी आवत जावत गर्दा काठमाडौँ उपत्यकामा पनि ठूलो संख्यामा कोरोना संक्रमण भएको छ ।

    अहिले सामाजिक दूरी कायम गर्ने, माक्स लगाउने, सेनिटाइजर प्रयोग गर्ने आदि कुराप्रति उपेक्षा बढ्दै गएको छ । आवश्यक रुपमा पिसीआर परीक्षण भएको छैन । त्यसकारणले संक्रमितको संख्या कम देखिएको छ । आइसोलेसन र क्वारेन्टाइनको प्रभावकारी व्यवस्था हुन सकिरहेको छैन ।

    स्वयं त्यहाँ खटिएका सुरक्षाकर्मी तथा चिकित्सकहरुमा पनि संक्रमण बढेको छ । क्वारेन्टाइन वा आइसोलेसनको राम्रो व्यवस्था नहुँदा संक्रमित बिरामीहरु क्वारेन्टाइन वा आइसोलेसनमा बस्न नमान्ने र बसेकाहरु पनि केही दिन पछि भाग्ने गरेका छन् । यो स्थितिमा हामीले निम्न सुझावहरु दिन चाहन्छौँ ।

    यस्ता छन् सुझावका बुँदाहरुः
    १. नेपाल-भारत सीमाबाट हुने अनियमित आवत जावतमा रोक लगाउनु पर्छ । नाकाहरुबाट आवत जावत गर्न पिसीआर टेष्ट रिपोर्ट हुनु पर्ने वा परीक्षण पछि मात्र आवत जावत गर्न पाउने व्यवस्था गर्ने ।

    २. स्थानीय तहको स्थिति अनुसार लकडाउन गर्न पर्ने वा नपर्ने निर्णय गर्ने अधिकार स्थानीय तहलाई नै दिने ।

    ३. सामाजिक दूरी कायम गर्ने, माक्र्स लगाउने आदि सुरक्षात्मक उपायहरु अपनाउन जोड दिने ।

    ४. खानपान, व्यायाम आदिद्वारा स्वास्थ्य रहन जनचेतना बढाउने ।

    ५. पिसीआर टेष्टको दायरा बढाउने । आफू खुशी टेष्ट गर्न चाहनेलाई त्यो सुविधा बढाउने ।

    ६. औषधि, उपकरण, चिकित्सक सेवा सहितको आइसोलेसन र क्वारेन्टाइनको उचित व्यवस्था गर्ने ।

    ७. होम क्वारेन्टाइनमा पनि अनुगमन र आवस्यक सुविधा उपलब्ध गराउने ।

    ८. कोरोना भाइरससँग सम्बन्धित क्षेत्रमा हुने भ्रष्टाचार र अनियमिमता रोक्ने ।’

    बुधबार, साउन २१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.