• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अखिल नेपाल सुकुम्बासी तथा अव्यवस्थित संघ बाँकेको प्रथम जिल्ला भेला सम्पन्न


  •   सोमबार, असार ०८, २०८३ मा प्रकाशित
  • कोहलपुर, बाँके । अखिल नेपाल सुकुम्बासी तथा अव्यवस्थित संघ बाँकेको प्रथम जिल्ला भेला शनिबार कोहलपुरस्थित सुनाखरी होटलको सभाहलमा उल्लेखनीय सहभागिताका साथ भव्य रूपमा सम्पन्न भएको छ।

    Advertisement

    भेलाको सुरुआत ज्ञात–अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरी गरिएको थियो। कार्यक्रमको उद्घाटन संघका केन्द्रीय अध्यक्ष तथा प्रमुख अतिथि तुलसीराम सापकोटाले गर्नुभएको थियो।

    कार्यक्रममा युवक संघका पूर्व केन्द्रीय अध्यक्ष कृष्णराज पाण्डे, महिला संघकी केन्द्रीय सचिव पूर्णकला भण्डारी, राष्ट्रिय जनमोर्चा बाँकेका उपाध्यक्ष जगदीश ढकाल, किसान संघ बाँकेका जिल्ला अध्यक्ष तिलकराज पौडेल, राष्ट्रिय जनमोर्चा कोहलपुर नगर उपाध्यक्ष बालाराम न्यौपाने, सुकुम्बासी तथा अव्यवस्थित संघका केन्द्रीय सदस्य मानबहादुर सुनार तथा जातीय समता समाजका केन्द्रीय सदस्य मनबहादुर सुनारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै भेलाको सफलताको कामना गर्नुभएको थियो।

    भेलामा सहभागीहरूलाई आयोजकका तर्फबाट गोविन्द परियारले स्वागत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन लोकबहादुर राना मगरले गर्नुभएको थियो भने अध्यक्षता कले दमाईले गर्नुभएको थियो।

    भेलाले मानबहादुर सुनारको अध्यक्षतामा दुई रिक्त सदस्य र दुई सल्लाहकारसहित १३ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ। नवगठित कार्यसमितिमा गोविन्द परियार उपाध्यक्ष, गीता कुमारी विक सचिव तथा गगनबहादुर खत्री कोषाध्यक्ष चयन हुनुभएको छ। त्यसैगरी रघुवीर परियार, रामबहादुर गन्धर्व, बालकुमारी सुनार, पार्वती कार्की र कले दमाई सदस्यमा निर्वाचित हुनुभएको छ। समितिमा दुई सदस्य पद रिक्त राखिएको छ। लोकबहादुर राना मगर र तिलकराज पौडेल सल्लाहकार चयन हुनुभएको छ।

    भेलापछि बसेको पहिलो बैठकले कार्यक्रम उत्साहजनक तथा सफलतापूर्वक सम्पन्न भएको समीक्षा गरेको छ। बैठकले आगामी दिनमा विभिन्न पालिकाहरूमा सुकुम्बासीहरूको संगठन विस्तार गर्दै समिति गठन गर्ने, सुकुम्बासी तथा अव्यवस्थित बस्तीका नागरिकका समस्याहरूलाई संगठित रूपमा उठान गर्ने, सम्बन्धित पालिकाका प्रमुखहरूलाई ज्ञापनपत्र बुझाउने तथा आन्दोलनलाई प्रभावकारी बनाउन विभिन्न पालिकाहरूमा जिम्मेवारी बाँडफाँट गर्ने निर्णय गरेको जनाएको छ।

    बैठकले सुकुम्बासी तथा अव्यवस्थित बस्तीका नागरिकहरूको हक, अधिकार र न्यायोचित मागहरूको सम्बोधनका लागि संयुक्त संघर्षलाई थप सशक्त बनाउने तथा आवश्यक पहल र अभियान सञ्चालन गर्ने निर्णयसमेत गरेको छ।

    सोमबार, असार ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.