• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

भारतमा अवरोधका बीच नेपाली चियाका लागि वैकल्पिक बजार खोजी


  •   शनिबार, असार ०६, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारतले चिया आयातसम्बन्धी नयाँ नियम लागू गरेपछि करिब डेढ महिनादेखि नेपाली चियाको निर्यात ठप्पप्रायः बनेको छ। यस परिस्थितिमा व्यवसायीहरूले पाकिस्तान र बाङ्ग्लादेशलाई वैकल्पिक बजारका रूपमा अघि सारेका छन्।

    Advertisement

    नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीका अनुसार बाङ्ग्लादेशले नेपाली चियामा ३० प्रतिशत भन्सार शुल्क लगाएको छ, तर आपसी व्यापार सहमति भएमा छुट दिन सक्ने संकेत दिएको छ। तर त्यसका लागि नेपालतर्फबाट पनि समान स्तरको सहुलियत दिनुपर्ने शर्त राखिएकाले प्रगति हुन नसकेको उनले बताए।

    दक्षिण एसियाली बजारमध्ये पाकिस्तान विश्वकै प्रमुख चिया आयातकर्ता भए पनि नेपाली चियाको हिस्सा न्यून छ। बाङ्ग्लादेशमा वार्षिक करिब ९ करोड किलो चिया खपत हुने भए पनि त्यहाँ भारत, चीन र म्यान्मारबाट पनि आयात हुने गरेको छ।

    व्यवसायीहरूले भारतको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ का कारण निर्यात प्रक्रिया अत्यन्त जटिल र ढिलो भएको बताएका छन्। नयाँ नियमअनुसार प्रत्येक खेपको विस्तृत प्रयोगशाला परीक्षणपछि मात्र निर्यात अनुमति दिने व्यवस्था छ, जसले समय र लागत दुवै बढाएको छ।

    पराजुलीका अनुसार कोलकातामा नमुना परीक्षण र रिपोर्टिङमै १५ देखि २० दिनसम्म लाग्ने भएकाले निर्यात व्यवसाय जोखिमपूर्ण बनेको छ। “यसले गर्दा भारतमा चिया पठाउन सकिने अवस्था छैन,” उनले भने।

    नेपालमा वार्षिक करिब २ करोड ६५ लाख किलो चिया उत्पादन हुनेमध्ये ठूलो हिस्सा भारतमै निर्यात हुने गर्छ। तर हालको अवरोधलाई व्यवसायीहरूले “अघोषित नाकाबन्दी” का रूपमा व्याख्या गर्दै तत्काल कूटनीतिक समाधानको माग गरेका छन्।

    सरकारले भने समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको जनाउँदै तेस्रो मुलुकमा बजार विस्तार गर्न समय र तयारी आवश्यक पर्ने बताएको छ।

    शनिबार, असार ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.