• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अरनिको राजमार्ग स्तरोन्नतिः बिटुमिन अभावले दुई महिनादेखि काम प्रभावित


  •   बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
  • काभ्रेपलाञ्चोक, असार ४ — स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डको पक्की निर्माण कार्य दुई महिनादेखि प्रभावित भएको छ।

    Advertisement

    गत चैतमा करिब एक महिनासम्म रातिको समयमा आवागमन बन्द गरी तथा दिउँसो एकतर्फी सञ्चालन गरेर कालोपत्रे (डिबिएम–पिच) गर्ने काम सम्पन्न गरिएको थियो। तर बिटुमिन अभावका कारण त्यसयता निर्माण कार्य रोकिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

    कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार धुलिखेल चोकबाट २.५ किलोमिटर सडक दुवैतर्फी रूपमा पहिलो चरणमा पक्की बनाइएको थियो। उक्त सडकमा वैशाखदेखि सबै प्रकारका सवारी साधनलाई दुवैतर्फी सञ्चालनको अनुमति दिइएको छ।

    योगेशले बिटुमिन अभावका कारण बाँकी सडक पक्की गर्ने काम तथा पहिलो चरणमा गरिएको डिबिएम कालोपत्रेमाथि ‘अस्फाल्ट’ तह थप्ने कार्यसमेत रोकिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्तरोन्नति भइरहेको चार किलोमिटर सडकखण्डमध्ये बाँकी दूरी पक्की गर्ने काम वैशाखको पहिलो सातादेखि सुरु गर्ने योजना भए पनि कच्चा पदार्थ अभावका कारण दुई महिनादेखि काम ठप्प छ।

    हाल यात्रुलाई सहज बनाउन पक्की गर्न बाँकी सडकखण्डमा खाल्डाखुल्डी पुर्ने कार्य भइरहेको उहाँले बताउनुभयो। बिटुमिन आयात भएपछि बाँकी १.५ किलोमिटर सडक दोस्रो चरणमा पक्की गरिनेछ। यसअन्तर्गत ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिश्रित बेस हाल्ने तथा डिबिएम र अस्फाल्ट गरी दुई चरणमा कालोपत्रे गरिने जनाइएको छ।

    लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तार कार्यका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि स्तरोन्नतिको कामले पुनः गति लिएको थियो।

    डिभिजन सडक कार्यालयका अनुसार आगामी पुसभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक ३१ करोड ५६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको छ। कालोपत्रे कार्य सम्पन्न भएपछि सडकको स्लोप व्यवस्थापन तथा अन्य बाँकी सानातिना काम गरिने योगेशले बताउनुभयो।

    यसअघि तोकिएको समयमा निर्माण सम्पन्न नगरेको भन्दै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो। सम्झौताको समयसीमा सकिएको ११ महिनापछि पनि २५ प्रतिशत निर्माण कार्य पूरा गर्न नसकेपछि २०८१ फागुन १५ गते उक्त कम्पनीसँगको ठेक्का रद्द गरिएको हो।

    उक्त कम्पनीले २०७९ जेठ २० गते २२ महिनाभित्र अर्थात् २०८० चैत १९ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो।

    धुलिखेल–खावा सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपाल–चीन उत्तरी नाका तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायतका जिल्लातर्फ आवतजावत गर्ने प्रमुख सडकमार्गका रूपमा परिचित छ।

    बिहिबार, असार ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.