• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सरकारको बजेट नवउदारवाद उन्मुख, शिक्षा–स्वास्थ्य र सार्वजनिक क्षेत्र उपेक्षित : विश्वकर्मा


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौं, असार १ । सरकारले संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट नवउदारवादी सोंचबाट निर्देशित रहेको भन्दै राष्ट्रिय सभाका सांसद तुलप्रसाद विश्वकर्मा (राजेश)ले चर्को आलोचना गर्नुभएको छ । बजेटले शिक्षा, स्वास्थ्य, सार्वजनिक संस्था तथा सहकारी क्षेत्रलाई उपेक्षा गर्दै निजी तथा विदेशी पुँजीलाई प्राथमिकता दिएको बताउनु भयो ।

    Advertisement

    असार १ गते आइतबार राष्ट्रिय सभामा बोल्दै विश्कर्माले बजेटले सामाजिक क्षेत्रमा राज्यको लगानी घटाउने र सार्वजनिक संस्थानलाई क्रमशः निजीकरणतर्फ लैजाने नीति अघि सारेको बताउनु भयो । उहाँका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल बजेटको कम्तीमा १० प्रतिशत विनियोजन हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि सरकारले यी क्षेत्रमा पर्याप्त बजेट छुट्याएको छैन । अघिल्लो वर्षको तुलनामा समेत विनियोजन घटाइएको विश्वकर्माको दाबी छ ।

    विश्वकर्माले सरकारले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुको सट्टा नागरिकमाथि थप आर्थिक भार थोपर्ने नीति लिएको आरोप लगाउनु भयो । निजी क्षेत्रबाट सेवा उपभोग गर्ने नागरिकबाट समेत कर असुल्ने नीति जनमुखी नभएको उहाँको भनाइ छ ।

    सांसद विश्वकर्माले नेपालको अर्थतन्त्र निजी, सार्वजनिक र सहकारी गरी तीन खम्बामा आधारित भए पनि पछिल्ला सरकारहरूले सार्वजनिक र सहकारी क्षेत्रलाई निरन्तर कमजोर बनाउँदै आएको बताउनु भयो । वर्तमान सरकारले पनि सोही नीतिलाई निरन्तरता दिएको भन्दै खानी, सञ्चारलगायतका क्षेत्रमा रहेको सरकारी स्वामित्व निजी क्षेत्रलाई हस्तान्तरण गर्ने तयारी गरेको आरोप लगाउनु भयो ।

    बजेटमा प्रदेश सरकारको विनियोजन बढाइएको तर स्थानीय तहको बजेट घटाइएको विषयमा समेत उनले असन्तुष्टि जनाउनु भयो । जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहको स्रोत घटाएर प्रदेशको बजेट बढाइनु संघीयताको मर्मविपरीत रहेको विश्वकर्माको तर्क छ ।

    ऊर्जा क्षेत्रका सन्दर्भमा उहाँले विद्युतीय सवारी साधनमा कर वृद्धि गर्नु गलत कदम भएको बताउनु भयो । अन्तर्राष्ट्रिय रूपमा पेट्रोलियम पदार्थको आपूर्ति चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विद्युत् ऊर्जालाई प्राथमिकता दिनुपर्नेमा सरकारले उल्टो नीति लिएको उहाँको भनाइ छ ।

    विश्वकर्माले सरकारको राजस्व तथा स्रोत व्यवस्थापन योजनामाथि पनि प्रश्न उठाएका छन् । विदेशी ऋणको विरोध गर्ने राजनीतिक शक्तिहरू नै अहिले बजेटको ठूलो हिस्सा ऋणमा निर्भर बनाएको भन्दै उहाँले बजेटको करिब ३१ प्रतिशत स्रोत ऋणबाट जुटाउने योजना पुरानै आर्थिक नीतिको निरन्तरता भएको टिप्पणी गर्नुभयो ।

    प्रशासनिक खर्च कटौती गर्ने घोषणा गरिए पनि कुल बजेटको ठूलो हिस्सा तलब, भत्ता, ऋणको साँवा–ब्याज तथा प्रशासनिक खर्चमै जाने अवस्था रहेको विश्वकर्माले उल्लेख गर्नुभएको छ । विकास बजेट खर्च गर्ने संरचनागत क्षमता कमजोर र भ्रष्टाचारको समस्या गम्भीर रहेकाले ठूलो आकारको बजेटबाट पनि आम नागरिकले अपेक्षित लाभ पाउन नसक्ने उहाँको निष्कर्ष छ ।

    विश्वकर्माले वर्तमान बजेटले उत्पादन, रोजगारी र सामाजिक न्यायभन्दा निजीकरण र बजारमुखी नीतिलाई प्राथमिकता दिएको आरोप लगाउँदै यसको पुनरावलोकन आवश्यक रहेको बताउनु भएको छ ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.