• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पहिलो विद्यार्थी आन्दोलन सुरु भएको स्मृतिमा जयतु संस्कृतम् दिवस मनाइँदै


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • काठमाडौँ, असार १ । नेपालको पहिलो विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ सुरु भएको स्मृतिमा आज देशभर विभिन्न कार्यक्रमका साथ ८०औँ जयतु संस्कृतम् दिवस मनाइँदैछ।

    Advertisement

    वि.सं. २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीहरूले संस्कृतका शास्त्रीय विषयका साथै अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत आधुनिक विषय पनि अध्ययन गर्न पाउनुपर्ने माग राख्दै राणा शासनविरुद्ध आन्दोलन सुरु गरेका थिए। सोही ऐतिहासिक आन्दोलनको सम्झनामा प्रत्येक वर्ष असार १ गते जयतु संस्कृतम् दिवस मनाउने परम्परा रहिआएको छ।

    आधुनिक शिक्षा प्राप्त गर्ने अधिकारको मागबाट सुरु भएको उक्त आन्दोलन क्रमशः जहानियाँ राणा शासनको विरोध तथा प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। आन्दोलन दबाउन राणा शासकहरूले तीनधारा पाठशालाका विद्यार्थीहरूलाई निष्कासन गरी उपत्यकाबाहिर पठाएपछि उनीहरूले देशभर राणा शासनविरुद्ध जनचेतना फैलाउने अभियान सञ्चालन गरेका थिए। यस आन्दोलनले देशका विभिन्न कुनाकन्दरासम्म राजनीतिक जागरण फैलाउन महत्वपूर्ण भूमिका खेलेको इतिहासमा उल्लेख छ।

    आन्दोलनका क्रममा विद्यार्थीहरू भारतको वाराणसी पुगेका थिए। त्यहाँ उनीहरूले राणा शासनको अन्त्यका लागि प्रवासमा सक्रिय नेपाली कांग्रेसका संस्थापक बिपी कोइराला लगायतका नेतासँग भेटघाट गरेका थिए। जयतु संस्कृतम् आन्दोलनका अगुवा पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतका व्यक्तित्वहरू पनि प्रजातन्त्र स्थापनाको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका थिए।

    आन्दोलनको स्वर्ण जयन्तीका अवसरमा वि.सं. २०५५ मा संस्कृत भाषा, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले ‘जयतु संस्कृतम्’लाई संस्थागत स्वरूप दिई विधिवत् रूपमा दर्ता गरिएको थियो। त्यसयता जयतु संस्कृतम् दिवस संस्थागत रूपमा मनाइँदै आएको छ।

    यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशालाअगाडि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्यार्पण, पुष्पगुच्छा अर्पण तथा विश्वशान्तिको कामनासहित स्वस्तिवाचन कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतप्रेमी, विद्वत् वर्ग तथा सर्वसाधारणमा आह्वान गरेको छ।

    माल्यार्पण तथा स्वस्तिवाचनपछि जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी निकालिने र रानीपोखरीस्थित दरबार हाईस्कुल (संस्कृत माध्यमिक विद्यालय) मा पुगेर औपचारिक समारोह आयोजना गरिने कार्यक्रम रहेको संस्थाले जनाएको छ।

    जयतु संस्कृतम् संस्थाका अनुसार यस वर्ष ऐतिहासिक आन्दोलनको स्मरणमा ८०औँ जयतु संस्कृतम् दिवस विशेष कार्यक्रमसहित मनाइँदैछ।

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.