• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पेरुमा वामपन्थी उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • लिमा, ३१ जेठ । पेरुको राष्ट्रपतीय निर्वाचनको मतगणना अन्तिम चरणतर्फ बढ्दै जाँदा वामपन्थी राष्ट्रपति पदका उम्मेदवार रोबर्टो सान्चेजको पक्षमा राजधानी लिमा लगायत विभिन्न स्थानमा हजारौँ समर्थकहरू सडकमा उत्रिएका छन्। मतगणनाको आंशिक परिणामले दक्षिणपन्थी उम्मेदवार केइको फुजिमोरीलाई सामान्य अग्रता देखाएपछि सान्चेज समर्थकहरूले निष्पक्ष मतगणना र जनमतको सम्मानको माग गर्दै प्रदर्शन गरेका हुन्।

    Advertisement

    गत आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनको ९८.५ प्रतिशत मतगणना सकिँदासम्म फुजिमोरीले ५०.०५ प्रतिशत र सान्चेजले ४९.९५ प्रतिशत मत प्राप्त गरेका छन्। एक करोड ८० लाखभन्दा बढी मतगणना हुँदा फुजिमोरी करिब १८ हजार ५०० मतले अगाडि रहेकी छन्।

    सान्चेजले शुक्रबार राजधानी लिमासहित केही क्षेत्र र विदेशबाट प्राप्त मतहरूमा अनियमितताको आशंका व्यक्त गर्दै पुनः मतगणनाका लागि संयुक्त आवेदन दिन प्रस्ताव गर्नुभएको थियो। उहाँले निर्वाचन प्रक्रियामा पारदर्शिता र जनमतको सम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ।

    शनिबार लिमामा भेला भएका सान्चेज समर्थकहरूले “पेरूवासीको न्याय र सम्मानका लागि” तथा “जनताको मतको सम्मान गर” जस्ता नारासहित प्रदर्शन गरेका थिए। प्रदर्शनकारीहरूले राष्ट्रिय निर्वाचन न्यायाधिकरणको मुख्यालयबाहिर समेत धर्ना र नाराबाजी गरेका थिए।

    “हामी विश्वास गर्छौं कि सान्चेज नै वास्तविक विजेता हुनुहुन्छ। जनताको मत र आकांक्षाको सम्मान हुनुपर्छ,” ५७ वर्षीय शिक्षक ड्यानियल सेरोनले एएफपीसँग बताउनुभयो।

    निर्वाचन अधिकारीहरूले विवादित मतपत्रहरूको परीक्षण जारी रहेको र कानुनी प्रक्रियाअनुसार अन्तिम नतिजा सार्वजनिक गरिने बताएका छन्। निर्वाचन प्राधिकरणका प्रमुखका अनुसार अन्तिम परिणाम आउन अझै दुई सातासम्म लाग्न सक्छ।

    पेरूमा लामो समयदेखि जारी राजनीतिक अस्थिरता, भ्रष्टाचार र शासकीय असफलताबाट आजित आम नागरिकले यस निर्वाचनलाई परिवर्तनको अवसरका रूपमा हेरेका छन्। विगत एक दशकमा आठ जना राष्ट्रपति फेरिएका पेरूमा श्रमिक, किसान, आदिवासी तथा सीमान्तकृत समुदायले सामाजिक न्याय, आर्थिक समानता र राज्यका स्रोतसाधनमाथि जनताको अधिकार सुनिश्चित गर्ने अपेक्षासहित सान्चेजप्रति समर्थन जनाएका छन्।

    विशेषगरी ग्रामीण क्षेत्र, खानी मजदुर, कृषि श्रमिक तथा आदिवासी समुदायबीच सान्चेजको लोकप्रियता उल्लेखनीय देखिएको छ। उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी र प्राकृतिक स्रोतको न्यायोचित उपयोगमार्फत बहुसंख्यक जनताको जीवनस्तर सुधार हुने आशा व्यक्त गरेका छन्।

    यद्यपि निर्वाचन परिणाम अत्यन्त प्रतिस्पर्धात्मक रहेकाले पेरूको राजनीतिक तथा सामाजिक विभाजन पनि स्पष्ट रूपमा देखिएको छ। एकातिर शहरी तथा आर्थिक रूपमा सम्पन्न क्षेत्रहरू छन् भने अर्कोतिर ग्रामीण, श्रमजीवी र आदिवासी समुदाय परिवर्तनको पक्षमा उभिएका छन्।

    अन्तिम परिणाम जे आए पनि यस निर्वाचनले पेरूका श्रमजीवी वर्ग, किसान र वञ्चित समुदायमा नयाँ राजनीतिक चेतना र परिवर्तनको आकांक्षा जागृत गरेको छ। उनीहरूले आफ्नो आवाज राज्यसत्तासम्म पुर्‍याउने र सामाजिक न्यायमा आधारित नयाँ राजनीतिक दिशाको खोजी गरिरहेका छन्।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.