• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्री बालेन भन्छन्, ‘गरिबको बोलिदिने कोही छैन’ : कैलालीमा वन कर्मचारीले गरिब महिलाको टेम्पो भिरबाट खसाले


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • धनगढी, ३१ जेठ । ‘गरिबको बोलिदिने कोही छैन’ भन्ने भनाइ फेरि एकपटक कैलालीको एउटा घटनाले चरितार्थ गरेको छ। जीविकोपार्जनको एकमात्र आधार बनेको पुरानो टेम्पो वन कर्मचारीले भिरबाट खसालिदिएपछि गोदावरी नगरपालिका–४ की धनादेवी धामी अहिले थप संकटमा परेकी छन्।

    Advertisement

    भीमदत्त राजमार्गअन्तर्गत बासपानी क्षेत्रमा सडक छेउमा टेम्पो राखेर साना–साना खुद्रा सामान बिक्री गर्दै आएकी धामीको टेम्पोलाई डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले अतिक्रमण हटाउने अभियानका क्रममा भिरमा फालेका हुन्। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक आलोचना भइरहेको छ।

    स्थानीयवासीका अनुसार धामीले वर्षौंदेखि उक्त टेम्पोलाई सानो पसलका रूपमा प्रयोग गर्दै आफ्नो परिवारको गुजारा चलाउँदै आएकी थिइन्। आर्थिक अवस्था कमजोर भएकी उनीसँग व्यापार सञ्चालनका लागि अर्को विकल्प थिएन। तर राज्यका कर्मचारीले वैकल्पिक व्यवस्था खोज्नुको सट्टा उनको जीविकाको आधार नै नष्ट गरिदिएको आरोप लागेको छ।

    धामीले टेम्पोभित्र रहेका सामान निकालिसकेपछि आफूले टेम्पो घर लैजान तयार रहेको बताउँदा पनि कर्मचारीले नसुनेको दाबी गरेकी छन्। उनका अनुसार कुनै मानवीय संवेदनशीलता नदेखाई टेम्पोलाई सडकबाट तल भिरमा खसालिएको थियो।

    घटनापछि सामाजिक सञ्जाल र स्थानीय तहमा प्रश्न उठेको छ—वन अतिक्रमण हटाउने नाममा गरिब नागरिकमाथि यति कठोर व्यवहार किन? कानुनी प्रक्रिया पालना गराउने क्रममा नागरिकको सम्पत्ति नै नष्ट गर्नुपर्ने अवस्था कसरी आयो?

    यता डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने उक्त टेम्पो लामो समयदेखि हटाउन आग्रह गर्दै आएको र अतिक्रमण हटाउने क्रममा विवाद उत्पन्न भएपछि घटना भएको बताएका छन्। उनका अनुसार कर्मचारीलाई गालीगलौज गरिएकाले आवेशमा त्यस्तो अवस्था सिर्जना भएको हुन सक्छ ।

    तर आलोचकहरू राज्यका निकायले कानुन कार्यान्वयनका नाममा कमजोर र गरिब नागरिकमाथि मात्र शक्ति प्रदर्शन गर्ने गरेको टिप्पणी गर्छन्। उनीहरूका अनुसार ठूलो अतिक्रमण र प्रभावशाली व्यक्तिहरूमाथि कारबाही गर्न नसक्ने निकायले जीविकाका लागि संघर्ष गरिरहेकी महिलाको सानो टेम्पोमाथि कठोरता देखाएको घटना दुःखद र निन्दनीय छ।

    प्रधानमन्त्री बालेन गीत गाउँछन्, ‘गरिबको बोलिदिने कोही छैन’ तर व्यवहारमा के ? घटनाले कानुन कार्यान्वयनसँगै मानवीय संवेदनशीलता र सामाजिक न्यायको प्रश्न पनि उठाएको छ । गरिब नागरिकको जीविकाको आधार नष्ट भएपछि त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अझै अनुत्तरित छ ।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.