• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

प्रतिनिधिसभा अवरुद्ध गरेर प्रधानमन्त्रीको स्पष्टीकरण माग्नेमा विपक्षी दलहरू अडिग


  •   सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक सोमबार पनि अवरुद्ध गर्ने निर्णय गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले प्रतिनिधिसभाको बैठकमा बेल घेरेर विरोध जनाउने निर्णय गरेको हो ।

    Advertisement

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरू सहभागी थिए । उनीहरूले आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् ।

    बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद उर्मिला थपलिया ‘सिता’ले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय हित र सार्वभौमसत्तासँग सम्बन्धित संवेदनशील विषय उठाएको बताइन् । उनका अनुसार प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको आशय व्यक्त गर्ने गरी दिएको अभिव्यक्तिबारे संसद्मा स्पष्ट धारणा राख्नुपर्ने र त्यसबारे औपचारिक स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको माग रहेको छ।

    ‘प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा सीमा सम्बन्धी अत्यन्त गम्भीर अभिव्यक्ति दिनुभएको छ। यस्तो विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्छ भन्ने हाम्रो माग हो’, सांसद थपलियाले भनिन्। उनले प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म संसद्मा विरोधका कार्यक्रम जारी रहने संकेत पनि गरिन्।

    विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई केवल व्यक्तिगत टिप्पणीका रूपमा लिन नसकिने भन्दै त्यसले नेपाल–भारत सम्बन्ध, सीमा विवाद तथा राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा भ्रम सिर्जना गर्न सक्ने तर्क गरेका छन् । उनीहरूले सदनमा प्रधानमन्त्री स्वयं उपस्थित भएर आफ्‌नो भनाइबारे स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

    यसैबीच, संसद्को चालु अधिवेशन सुरु भएयता विपक्षी दलहरूले विभिन्न विषय उठाउँदै प्रतिनिधिसभाको बैठकमा पटक–पटक अवरोध गर्दै आएका छन् । सरकारका गतिविधि, सार्वजनिक सरोकारका मुद्दा तथा विभिन्न राजनीतिक विषयमा असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले बैठक अवरुद्ध गर्ने रणनीति अपनाएका हुन् ।

    सोमबारको बैठकमा पनि विपक्षी सांसदहरूले बेल घेरेर विरोध जनाउने तयारी गरेपछि प्रतिनिधिसभाको नियमित कार्यसूची प्रभावित हुने सम्भावना बढेको छ । संसद्को अवरोध लम्बिँदै जाँदा विधेयकहरू, नीतिगत छलफल तथा अन्य संसदीय कामकारबाही प्रभावित हुने चिन्ता पनि व्यक्त गरिएको छ ।

    अब प्रधानमन्त्रीको तर्फबाट आउने प्रतिक्रिया र सरकार तथा विपक्षी दलबीच हुने सम्भावित संवादले संसद्को गतिरोध अन्त्य हुने वा थप लम्बिने भन्ने विषय निर्धारण गर्ने देखिएको छ । विपक्षी दलहरूले भने आफ्‌नो माग सम्बोधन नभएसम्म विरोधका कार्यक्रमलाई निरन्तरता दिने अडान कायम राखेका छन् ।

    सोमबार, जेठ १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.