नवलपरासी, सुनवल । राष्ट्रिय जनमोर्चा सुनवल नगर समिति अध्यक्ष तथा अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिका सदस्य शेरबहादुर सुर्यबंशी मातृशोकमा पर्नुभएको छ । उहाँकी मतामयी आमा पोबीसरा सुर्यवंशीको ८३ वर्षको उमेरमा मिति २०८३ जेठ १७ गते बिहान ४ः३० मा मृत्यु भएको थियो।
Advertisement
२०८३ जेठ २ गते घाँस काटने क्रममा रुखबाट खसेर उपचारका लागि देबदह मेडिकल कलेज भलुहिमा ल्याएको र सोही दौरानमा मृत्यु भएको थियो ।
उहाँलाई जेठ १७ गते नै राम्दीमा दाहसंस्कार गरिएको छ । उहाँका चार छोरा र दुई छोरीहरू रहेका छन् ।