• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिका र इरानबिचको युद्धविराम ६० दिन थप्ने सहमति


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिका र इरानबिचको युद्धविराम ६० दिनका लागि लम्बाउने सहमति भएको छ । वार्ताबारे जानकार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले दुई देशबिच युद्धविराम अवधि थप्न सहमति भएको उल्लेख गरेको छ ।

    Advertisement

    यस अवधिमा हर्मुज जलमार्गमा जहाजको आवतजावत सहज बनाउने सहमति भएको बताइएको छ । युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङटनमा पत्रकारसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताए । ‘सहमति नै भइसकेको अवस्था भने छैन तर त्यसमा हामी अत्यन्त नजिक छौँ । शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन तर अहिले सकारात्मक छौ’ उनले भने ।

    इरानी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनायो । प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ ।

    विश्वको करिब पाँचौँ हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ ।

    हर्मुज जलडमरुमध्यमा जहाज आवतजावतसम्बन्धी प्रतिबन्ध हटाउने विषयमा सहमति भएको खबर सार्वजनिक भएको छ तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको र इरानले पनि सम्झौता अन्तिम रूप नलिइसकेको जनाएको छ ।

    यदि वासिङटन र तेहरानका नेतृत्व तहबाट स्वीकृति प्राप्त भयो भने फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि शान्तितर्फको यो सबैभन्दा ठुलो कदम हुने भनेर रोयटर्सले लेखेको छ । युद्धविराम अप्रिलको सुरुआतदेखि लागु भए पनि पछिल्ला दिनमा दुवै देशबिच छिटफुट आक्रमण र प्रतिआक्रमण जारी थिए ।

    अमेरिकाले सोमबार र मङ्गलबार दुईपटक दक्षिणी इरानमा हमला गरेको थियो । सेनाको केन्द्रीय कमान्डले आफ्ना फौजले पाँचओटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा अर्को ड्रोन प्रक्षेपणको तयारी भइरहेको नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ । उता, कुवेतले आफ्नो भूमितर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइल रोकेको दाबी गरेको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले भने बन्दर अब्बासमाथिको अमेरिकी आक्रमणमा संलग्न अमेरिकी सैन्य आधारलाई निशाना बनाइएको र पुन: आक्रमण भए ‘झनै निर्णायक जबाफ’ दिने चेतावनी दिएको तस्निमले जनाएको छ ।

    तीन महिनादेखिको युद्धले हजारौँ मानिसको ज्यान लिएको, विश्व ऊर्जा बजारलाई अस्थिर बनाएको र मध्यपूर्वभर तनाव फैलाएको छ । युद्ध अन्त्यका लागि ट्रम्प प्रशासनले पटकपटक सम्झौतानजिक पुगेको दाबी गरे पनि इरानले प्राय: त्यसलाई कम महत्त्व दिएको वा अस्वीकार गरेको छ ।

    इरानले शान्ति सम्झौताका लागि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोकिएका विदेशी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने अडान राखेको छ, जबकि तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ । (एजेन्सी)

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश
    इबोला प्रकोपले बढायो विश्व चिन्ता, एक हजारभन्दा बढीको मृत्यु
    मोदीको पहलपछि सरकार र आन्दोलनकारीबीच वार्ता
    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
    रक्षामन्त्री बर्खास्तीपछि युक्रेनी सेनामा व्यापक फेरबदल

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.