• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अमेरिका र इरानबिचको युद्धविराम ६० दिन थप्ने सहमति


  •   शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अमेरिका र इरानबिचको युद्धविराम ६० दिनका लागि लम्बाउने सहमति भएको छ । वार्ताबारे जानकार स्रोतलाई उद्धृत गर्दै रोयटर्सले दुई देशबिच युद्धविराम अवधि थप्न सहमति भएको उल्लेख गरेको छ ।

    Advertisement

    यस अवधिमा हर्मुज जलमार्गमा जहाजको आवतजावत सहज बनाउने सहमति भएको बताइएको छ । युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ ।

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङटनमा पत्रकारसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताए । ‘सहमति नै भइसकेको अवस्था भने छैन तर त्यसमा हामी अत्यन्त नजिक छौँ । शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन तर अहिले सकारात्मक छौ’ उनले भने ।

    इरानी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनायो । प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ ।

    विश्वको करिब पाँचौँ हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ ।

    हर्मुज जलडमरुमध्यमा जहाज आवतजावतसम्बन्धी प्रतिबन्ध हटाउने विषयमा सहमति भएको खबर सार्वजनिक भएको छ तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै अन्तिम स्वीकृति नदिएको र इरानले पनि सम्झौता अन्तिम रूप नलिइसकेको जनाएको छ ।

    यदि वासिङटन र तेहरानका नेतृत्व तहबाट स्वीकृति प्राप्त भयो भने फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि शान्तितर्फको यो सबैभन्दा ठुलो कदम हुने भनेर रोयटर्सले लेखेको छ । युद्धविराम अप्रिलको सुरुआतदेखि लागु भए पनि पछिल्ला दिनमा दुवै देशबिच छिटफुट आक्रमण र प्रतिआक्रमण जारी थिए ।

    अमेरिकाले सोमबार र मङ्गलबार दुईपटक दक्षिणी इरानमा हमला गरेको थियो । सेनाको केन्द्रीय कमान्डले आफ्ना फौजले पाँचओटा इरानी ड्रोन खसालेको र बन्दर अब्बास बन्दरगाहमा अर्को ड्रोन प्रक्षेपणको तयारी भइरहेको नियन्त्रण केन्द्रमा आक्रमण गरेको जनाएको छ । उता, कुवेतले आफ्नो भूमितर्फ प्रहार गरिएको एउटा ब्यालिस्टिक मिसाइल रोकेको दाबी गरेको छ ।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले भने बन्दर अब्बासमाथिको अमेरिकी आक्रमणमा संलग्न अमेरिकी सैन्य आधारलाई निशाना बनाइएको र पुन: आक्रमण भए ‘झनै निर्णायक जबाफ’ दिने चेतावनी दिएको तस्निमले जनाएको छ ।

    तीन महिनादेखिको युद्धले हजारौँ मानिसको ज्यान लिएको, विश्व ऊर्जा बजारलाई अस्थिर बनाएको र मध्यपूर्वभर तनाव फैलाएको छ । युद्ध अन्त्यका लागि ट्रम्प प्रशासनले पटकपटक सम्झौतानजिक पुगेको दाबी गरे पनि इरानले प्राय: त्यसलाई कम महत्त्व दिएको वा अस्वीकार गरेको छ ।

    इरानले शान्ति सम्झौताका लागि आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, रोकिएका विदेशी सम्पत्ति फुकुवा गर्नुपर्ने र अमेरिकी सेना क्षेत्रबाट फिर्ता हुनुपर्ने माग राख्दै आएको छ । अमेरिकाले भने इरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा अन्त्य गर्नुपर्ने अडान राखेको छ, जबकि तेहरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ । (एजेन्सी)

    शुक्रबार, जेठ १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.