• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ७. सर्वदलीय बैठक जारी

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

चेपाङ बस्तीमा आगो लगाउनु आपत्तिजनकः सांसद जिसी


  •   शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
  • श्यामलाल पोखरेल, बुटवल ।
    प्रदेश ५ का सांसद तारा जिसीले चितवन माडीको सुकुम्वासी चेपाङ बस्तीमा सरकारले हात्ती र सेना प्रयोग गरेर हटाएको भन्दै आपत्ति जनाउनुभएको छ । चेपाङ बस्तीमा आगजनी गरी हटाउनु निन्दनीय काम भएकाले सरकारले गल्ती सच्चाउनु पर्ने सांसद जिसीको माग छ ।

    Advertisement

    प्रदेश संसदको बैठकमा धारणा राख्दै राजमो सांसद जिसीले वर्षातको समयमा वैकल्पिक ब्यवस्था नगरी अमानवीय प्रकारले हटाउने कार्य अत्यन्त खेदजनक भएको बताउनुभयो । विचल्लीमा परेका परिवारको उद्वार गरी तत्काल पूर्नवासको लागि व्यवस्था गर्न उहाँले सरकारसँग माग गर्नुभयो ।

    नेकपाको कम्युनिष्ट भनिनेहरुको सरकार रहेको अवस्थामा पनि सुकुम्वासी चेपांङहरुले यस्तो अवस्था बेहोर्नु परेकोप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको उहाँले बताउनुभयो ।

    फरक प्रशंगमा जिसीले पूर्व डीआईजी रञ्जन कोईरालालाई सर्वोच्चले उन्मुक्ति दिएको प्रशंग उठाउँदै सर्बस्व हरणसहित जन्म कैदको सजाय भोगीरहेको अपराधीलाई न्यायको मूल्य, मान्यता र नजिर विरुद्ध सर्वोच्चको उन्मुक्ति दिने फैसलाले देशको न्याय प्रणाली विश्व सामु बदनाम भएको बताउनुभयो ।

    घटना कुनै आवेशमा भएको वा अप्रत्यासित थिएन, भन्दै सांसद जीसीले भन्नुभयो, ‘यसले न्यायपालिकाको स्वस्थ, स्वच्छ र न्यायिक छवि धुमिल मात्र भएको छैन, न्यायपालिकाप्रति जनताको विश्वाश समेत गुमेको छ । वर्तमान प्रधानन्याधीशको तल्ला अदालतमा हुँदादेखि नै राम्रो छवि थिएन ।

    उनलाई सर्वोच्चमा नियुक्त हुने प्रक्रियाको सार्वजनिक सुनवाईमा राष्ट्रिय जनमोर्चाले तत्कालिन अवस्थामा नै बिरोध गरेको र अहिले प्रधानन्याधीश ठिक थिएनन् भन्ने व्यवहारमा प्रमाणित भएको सांसद जिसीले बताउनुभयो ।

    प्रधानन्याधीशलाई ठूला पार्टी भन्नेहरुले भागवण्डा गरी मिलाएर ल्याएको प्रसंग कोट्याउँदै जसको दुष्परिणाम सम्पूर्ण न्याय प्रणाली र देशले बेहोर्नु परेको दाबी गर्नुभयो । फैसलाको प्रकृति र प्रवृत्ति दोषिलाई उन्मुक्ति दिने र न्यायको हत्या गर्ने भएकाले प्रधानन्यायधीशलाई महाअभियोग लगाएर हटाउनु पर्ने सांसद जिसीको माग छ ।

    यस्तै उहाँले सामाजिक सुरक्षा भत्ता कम गर्ने सरकारको निर्णयको चौतर्फी विरोधपछि फिर्ता लिएपनि एकल महिलालाई ६० वर्ष पुगेपछि मात्र भत्ता लागू गर्ने योजना गलत भएको बताउनुभएको छ ।

    असहाय तथा एकल महिलाहरुलाई थोरै भएपनि राहत र सम्मानको अनुभूति गराउन राज्यले उनीहरुको उपेक्षा गर्न नमिल्ने भन्दै उनीहरुलाई एकल भएकै मितिबाट सामाजिक सुरक्षा भत्ताको व्यवस्थालाई निरन्तरता दिनपर्ने बताउनुभयो ।

    शुक्रबार, साउन १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.