• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ह्वाइट हाउस नजिक गोलीकाण्ड


  •   आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
  • वासिङ्टन, १० जेठ (रासस/एएफपी) । ह्वाइट हाउस नजिक शनिबार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् । घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उहाँ सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।

    Advertisement

    युएस सेक्रेट सर्भिसका सञ्चार प्रमुख एन्थोनी गुग्लिल्मीका अनुसार साँझ ६ बजेपछि ह्वाइट हाउसको सुरक्षा घेरानजिक एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अन्धाधुन्ध गोली चलाउन थालेपछि सुरक्षाकर्मीहरूले तत्काल जवाफी कारबाही गरेका थिए ।

    सेक्रेट सर्भिसका प्रहरी अधिकारीहरूले संदिग्धमाथि गोली चलाएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो, जहाँ चिकित्सकहरूले मृत घोषणा गरेका थिए । गोली हानाहानका क्रममा घटनास्थलमा रहेका एक दर्शकलाई पनि गोली लागेको थियो, तर उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

    अमेरिकी सञ्चारमाध्यमहरूले मारिएका संदिग्धलाई मेरिल्यान्डका २१ वर्षीय नासिरे बेस्टका रूपमा पहिचान गरेका छन् । रिपोर्टहरूका अनुसार बेस्टको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको इतिहास थियो र यसअघि पनि उनको सेक्रेट सर्भिस सदस्यहरूसँग पटक–पटक सम्पर्क भएको थियो ।

    घटनामा कुनै पनि सेक्रेट सर्भिस अधिकारी घाइते नभएको जनाइएको छ । गोलीकाण्डपछि प्रहरी र सुरक्षा बलहरूले ह्वाइट हाउस वरपरको क्षेत्रलाई तत्काल घेरा हालेर नियन्त्रणमा लिएका थिए । नेसनल गार्डका सैनिकहरूले वासिङ्टनको डाउनटाउन क्षेत्रमा आवतजावतमा समेत कडाइ गरेका थिए ।

    घटनास्थल नजिक रहेका क्यानाडाली पर्यटक रिड एड्रियनले आफूहरूले सुरुमा आतशबाजी पड्किएको जस्तो आवाज सुने पनि केही क्षणमै ती आवाज गोलीका भएको बुझिएको बताउनुभयो । उहाँका अनुसार त्यसपछि वरपर रहेका मानिसहरू भागाभाग गर्न थालेका थिए ।

    त्यस समयमा ह्वाइट हाउसको नर्थ लन क्षेत्रमा रहेका पत्रकारहरूलाई तत्काल प्रेस ब्रिफिङ कक्षमा गएर आश्रय लिन निर्देशन दिइएको थियो । एबिसी न्युजकी संवाददाता सेलिना वाङ सामाजिक सञ्जालका लागि भिडियो रेकर्ड गरिरहेकै बेला गोली चलेको थियो र उहाँले उक्त घटनाको आवाज आफ्नो भिडियोमा कैद गर्नुभएको थियो ।

    “दर्जनौँ गोली चलेजस्तो महसुस भयो”, उहाँले सामाजिक सञ्जाल एक्समा उल्लेख गर्नुभयो ।

    यो घटना राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि विगत केही समययता भइरहेका कथित सुरक्षा खतराको शृङ्खलासँग पनि जोडिएको देखिएको छ । ७९ वर्षीय ट्रम्प यसअघि तीन अलग–अलग कथित हत्या प्रयासको लक्ष्य बनेको बताइएको छ ।

    सबैभन्दा पछिल्लो घटना अप्रिल २५ मा भएको थियो, त्यस क्रममा एक सशस्त्र व्यक्तिले ट्रम्प मिडिया गालामा भइरहेको कार्यक्रममा सुरक्षा चौकीमाथि आक्रमण गरेका थिए । ती व्यक्ति ट्रम्प वा कार्यक्रममा सहभागी पाहुनासम्म पुग्न भने सफल भएका थिएनन् ।

    यसअघि जुलाई २०२४ मा पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार गरिएको थियो । उक्त घटनामा एक दर्शकको मृत्यु भएको थियो भने तत्कालीन उम्मेदवार ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । त्यसको केही महिनापछि ट्रम्प गल्फ खेलिरहेको फ्लोरिडाको वेस्ट पाम बिचस्थित गल्फ कोर्सनजिक अर्को सशस्त्र व्यक्तिलाई पक्राउ गरिएको थियो ।

    शनिबारको गोलीकाण्डपछि अमेरिकी हाउस रिपब्लिकनहरूले सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्प सुरक्षित रहेकोमा राहत व्यक्त गर्दै सेक्रेट सर्भिसको द्रुत प्रतिक्रियाको प्रशंसा गरेका छन् । उनीहरूले राजनीतिक हिंसा अन्त्य हुनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

    यसैबीच, ट्रम्पले गत वर्ष पुनः कार्यभार सम्हालेपछि ह्वाइट हाउस परिसरमा निर्माणाधीन नयाँ बलरुम परियोजनाका लागि सुरक्षा आवश्यकतालाई एउटा प्रमुख कारणका रूपमा अघि सार्नुभएको छ । न्युयोर्कका रियल इस्टेट व्यवसायीसमेत रहनुभएका ट्रम्पका अनुसार करिब ४० करोड डलर लागतको उक्त परियोजनामा भूमिगत सैन्य अस्पतालसहित अत्यधिक सुरक्षित तथा ड्रोन–प्रतिरोधी’ संरचना समावेश गरिनेछ ।

    आइतबार, जेठ १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.