• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पत्रकार महासङ्घ काठमाडौँको पच्चिसौँ साधारणसभा सम्पन्न


  •   शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
  • गोविन्दकुमार शर्मा, काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँको पच्चिसौँ साधारणसभा सम्पन्न भएको छ । २०८३ जेठ ९ गते शनिबार सञ्चारग्राममा सो कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    साधारणसभाको उद्घाटन वरिष्ठ पत्रकार किशोर नेपालले ब्यानर पढेर गरेका थिए ।

    प्रमुख वक्तासमेत रहेका पत्रकार नेपालले सो अवसरमा मन्तव्य राख्दै पत्रकारिताको अस्तित्व, स्वतन्त्रता र मूलधारे सञ्चारमाध्यमको विश्वसनीयता जोगाउन पत्रकारहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।

    सामाजिक सञ्जालको प्रभाव बढे पनि पत्रकारिताको भूमिका अझै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले पत्रकारले निष्पक्षता, निर्भीकता र आचारसंहितालाई आत्मसात गर्नुपर्ने धारणा राखे ।

    उनले सरकारको विज्ञापन नीति र सञ्चारमाध्यमप्रतिको व्यवहार विगतदेखि नै अस्थिर रहँदै आएको उल्लेख गर्दै पत्रकारले निरन्तर सङ्घर्षमार्फत आफ्नो पेसागत मर्यादा जोगाउनुपर्ने बताए ।

    पत्रकारिता केवल पेसा नभई लोकतन्त्रको आधार भएकाले यसको संस्थागत अस्तित्व कमजोर हुन नदिन आग्रह गर्दै उनले काठमाडौँ शाखाले देशभरका पत्रकारलाई दिशा दिने क्षमता राख्ने धारणा व्यक्त गरे ।

    शाखाको सक्रियता र पत्रकारको स्वतन्त्र भूमिकाले मात्रै महासङ्घलाई बलियो बनाउन सक्ने उनको भनाइ थियो ।

    महासङ्घकी अध्यक्ष निर्मला शर्माले राज्यले मिडियामाथि नियन्त्रण र विज्ञापनमा एकाधिकार कायम गर्न खोजेको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप बढेको बताइन् ।

    सञ्चारसम्बन्धी कानुन तथा सरकारी परिपत्रमार्फत मिडियालाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनको दाबी थियो ।

    उनले महासङ्घले प्रेस स्वतन्त्रताको पक्षमा आन्दोलन गरिरहेको र विषयलाई अन्तर्राष्ट्रिय स्तरमा समेत उठाइएको जानकारी दिँदै आन्दोलनलाई रणनीतिक र उपलब्धिमूलक बनाउन आवश्यक रहेको बताइन् ।

    अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता र सूचनाको हकलाई थप बलियो बनाउने गरी संविधान संशोधनका लागि महासङ्घले सुझाव दिने जानकारी पनि उनले गराइन् ।

    महासङ्घका पूर्व कार्यवाहक अध्यक्ष बाला अधिकारीले विगतमा सामाजिक सञ्जाल बन्द हुँदासमेत महासङ्घले सशक्त आन्दोलन गर्न नसकेको टिप्पणी गरिन् ।

    महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उम्मिदप्रसाद बागचन्दले नेपाली पत्रकारिता मर्यादित बाटोबाट विचलित हुँदै गलत दिशातर्फ गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।

    साधारणसभामा काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्यालले आफ्नो कार्यकालमा शाखाले संस्थागत मजबुती, प्रेस स्वतन्त्रता, पत्रकारको क्षमता अभिवृद्धि तथा सञ्चार क्षेत्रका समस्याको समाधानका लागि सक्रिय रूपमा काम गरेको बताइन् ।

    उनले “मिडिया बचाउ अभियान”, पत्रकार तालिम, रक्तदान, अन्तरजिल्ला सहकार्यलगायतका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको उल्लेख गरिन् ।

    सीमित स्रोतसाधनका बाबजुद शाखाको गरिमा उँचो बनाउने प्रयास गरिएको बताउँदै आगामी दिनमा पनि पत्रकार हित र संस्थागत विकासका लागि निरन्तर कामगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा काठमाडौँ शाखाका निवर्तमान अध्यक्ष सूर्य सुवेदीले नेतृत्व तहमा पारदर्शिता र खुला बहसको आवश्यकतामा जोड दिए ।
    कार्यक्रममा महासङ्घका पदाधिकारी, पूर्व अध्यक्ष, पत्रकार तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

    उद्घाटन सत्र काठमाडौँ शाखाकी अध्यक्ष शोभा अर्यालयको अध्यक्षता, काठमाडौँ शाखाकी उपाध्यक्ष कान्ति न्यौपानेले सहभागी अतिथि तथा सदस्यलाई स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शाखाका सचिव रमेश बोहराले गरेका थिए ।

    साधारणसभामा आशिष गुरागाइँ, शन्ताराम बिडारी, दामोदर दवाडी, सूर्य सुवेदी, लक्ष्मणदेव पाण्डे, शिव लम्साल, नहकुल अर्याल, रामकृष्ण अधिकारी, बैरागी जेठा, रोशन दानीलगायत पत्रकारको सहभागिता रहेको थियो ।

    बन्दसत्रमा सचिव रमेश कुमार बोहराले वार्षिक सङ्गठनात्मक र कोषाध्यक्ष रामचन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    साधारणसभाले संस्थाको वार्षिक सङ्गठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै घोषणापत्र समेत जारी गरेको छ । घोषणापत्रमा संस्थागत सुदृढीकरण, प्रेस स्वतन्त्रता र पत्रकारको पेसागत मर्यादा संरक्षणका विषयलाई प्राथमिकतामा राखिएको छ ।

     

     

    शनिबार, जेठ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.