• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम


  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    • डा प्रकाश बुढाथोकी

    काठमाडौँ, ७ जेठ (रासस) । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन अप्रिल १ मा अर्जेन्टिनाबाट बेलायत, अमेरिका, स्पेनलगायतका २८ विभिन्न देशका १५० भन्दा बढी यात्रु यात्रा गरिरहेका थिए ।

    Advertisement

    उक्त क्रुजशिपमा हन्टा भाइरसको एन्डिस स्टे्रन फैलिएपछि दुई डच नागरिकसहित तीन जनाको मृत्यु, पाँच जना प्रयोगशाला प्रमाणित सङ्क्रमित र जहाजमै भएका करिब १५० जतिको सुरक्षित अवतरणको चर्चा फैलियो । जहाजबाट बीचमा झरेका विश्वका विभिन्न कुनामा पुगिसकेका यात्रुको र उनीहरुको सम्पर्कमा आएकालाई कन्टयाक्ट ट्रेसिङ खोजी कार्य आज पनि जारी छ । यात्रुलाई स्वास्थ्य संस्थामा सम्पर्कमा आउन र क्वारेन्टिनमा बस्न विभिन्न सरकारले आह्वान गरिसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले समेत जोखिमलाई कम तर सचेतनालाई गम्भीर रुपमा स्टेज चारमा लिदै अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीअन्तर्गत निगरानी र नियन्त्रण प्रक्रिया सक्रिय बनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले आधिकारिकरुपमा बेलायत, अमेरिका, क्यानडा, जर्मनी, नेदरल्याण्ड, स्विट्जरल्याण्ड, सिङ्गापुर र टर्कीलगायत १२ देशलाई सर्तक गराएको छ । जहाजमा अप्रिल ६ देखि लक्षण देखिन थालेको र अप्रिल ११ मा पहिलोपटक एक जनाको मृत्युु भएको थियो । सुरुमा सामान्य श्वासप्रश्वाससम्बन्धी रोग ठानिएको ती व्यक्तिको मृत्युृपछि सङ्क्रमित भएको पुष्टि भएको थियो । जहाज सञ्चालक कम्पनी ओसनवाइड एक्सपिडिसनका अनुसार गत अप्रिल २४ मा सेन्ट हेलेनामा ३० जना यात्रु ओर्लिएका थिए, जसमा डच दम्पती थिए । ती दम्पतीमध्ये श्रीमानकोे जहाजमै मृत्युु भएको थियो भने पछि श्रीमतीको पनि मृत्युृ भयो । जहाजबाट ओर्लिएपछि जोहोनेसवर्गमा एक सङ्क्रमितको मृत्यु, स्विटजरल्याण्डमा अर्को पुष्टि भएपछि मात्र हान्टा भाइरस भएको पुष्टि भएको हो । जहाजमा नभएकी एक महिलामा समेत शङ्कास्पद लक्षणहरु देखिएको छ र उनको परीक्षण गरिएको छ । क्यानाडामा समेत ब्रिटिस कोलम्बियामा आइसोलेसनमा रहेका क्रुज यात्रुमा सङ्क्रमण पुष्टि भएको छ र उनीसँग सम्पर्क आएकालाई आईसोलेसनमा राखिएको छ ।

    अर्को कोभिड त होइन हान्टा भाइरस ?

    हान्टा भाइरस ब्रुन्याभिरिडी परिवारअन्तर्गत पर्ने २० भन्दा बढी भाइरसहरूको समूह हो, जसको नामकरण दक्षिण कोरियाको हन्तान नदीको नामबाट गरिएको हो, जहाँ सन् १९७८ मा पहिलो पटक यो भाइरस पहिचान गरिएको थियो । अर्थोहान्टाभाइरस जेनस, हन्टाभिरिडी परिवार तथा बुन्याभाइरालेस अर्डरअन्तर्गत पर्ने हान्टा भाइरसका विश्वभर स्थानअनुसार २० भन्दा बढी स्पिसिज पहिचान भएका छन् ।

    सामान्यतया सङ्क्रमित मुसा तथा अन्य रोडेन्टहरूको पिसाब, दिसा वा र्‍यालबाट निस्किएका सूक्ष्म कण वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा श्वासप्रश्वासमार्फत मानिसमा यो भाइरस सर्छ । यसपटक भने मानिसबाट मानिसमा सरेको पाइएकाले यो दुर्लभ तर चिन्ताजनक मानिएको छ । लामो समयसम्म नजिकको सम्पर्क, एउटै बन्द कोठामा बसाई तथा सङ्क्रमित व्यक्तिको शारीरिक तरलसँग सम्पर्क हुँदा जोखिम बढ्छ । धेरैजसो भेरियन्ट मानिसमा सजिलै सर्दैनन् । सर्ने भेरियन्ट पनि कोभिड–१९ जस्तै तीव्र रूपमा हावाबाट फैलिने प्रकृतिको होइन ।

    सन् २०२३ मा युरोपियन क्षेत्रमा हान्टा भाइरस सङ्क्रमणबाट एचएफआरएस भएका एक हजार ८८५ केसअर्थात् प्रतिएक लाखमा ०.४ केस मात्र रिपोर्ट भएका थिए । पूर्वी एसियाका चीन र कोरियामा हरेक वर्ष हजारौँ केस रिपोर्ट हुने गर्छन् । सन् २०२५ भर अमेरिकी महादेशका आठ देशमा २२९ हान्टा भाइरसका केस पुष्टि भएकामा ५९ जनाको मृत्यु भएको रिपोर्ट छ । अमेरिकामा हान्टा भाइरस सङ्क्रमण दुर्लभ मानिन्छ र सन् १९९३ देखि २०२३ सम्म जम्मा ८९० केस पुष्टि भएका छन् । मानिसबाट मानिसमा सङ्क्रमण भएको घटना दक्षिण अमेरिकामा मात्र देखिएको छ, जहाँ २०१८–२०१९ मा भएको प्रकोपमा ३४ जना सङ्क्रमित हुँदा ११ जनाको मृत्यु भएको थियो ।

    के कस्ता लक्षण हुन्छन् ?

    अन्य दीर्घरोग भएका व्यक्ति तथा ज्येष्ठ नागरिक यस सङ्क्रमणका जोखिम समूहमा पर्छन् । उनीहरूमा सजिलै सङ्क्रमण हुने, सङ्क्रमण जटिल अवस्थामा पुग्ने तथा मृत्यु हुने सम्भावना बढी हुन्छ । वातावरणीय तथा इकोलोजिकल कारकहरूले रोडेन्टको सङ्ख्यामा असर पार्ने भएकाले सङ्क्रमणको सङ्ख्या तथा प्रकोपमा समेत प्रभाव पर्छ ।

    हान्टाको एन्डिस भाइरसको दुर्लभ तर प्राथमिक सङ्क्रमण नजिक र लामो समयसम्मको मानिस–मानिस सम्पर्कबाट हुन सक्छ । दोस्रो सङ्क्रमण स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीमा कम मात्रामा देखिन्छ, जुन सङ्क्रमणको सुरुआती अवस्थामा बढी सङ्क्रामक हुँदा हुने सम्भावना रहन्छ । सङ्क्रमण भएपछि लक्षण देखिन सामान्यतया दुईदेखि चार हप्ता लाग्छ । छिटोमा एक हप्ता र ढिलोमा आठ हप्तासम्म लाग्न सक्छ । यसले सङ्क्रमण सार्ने जोखिम अवधि ४२ दिनसम्म हुने भएकाले थप जोखिम बढाएको छ ।

    यसमा सुरुमा एकदेखि चार हप्तासम्म चिसो लाग्ने, ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, चक्कर लाग्ने, अत्यधिक थकान महसुस हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, झाडापखाला तथा मांसपेशी दुख्ने लक्षण देखिन्छन् । पछि अचानक श्वासप्रश्वासमा समस्या देखिने, रक्तचापमा परिवर्तन हुने तथा सङ्क्रमण बढ्दै जाँदा फोक्सोमा पानी भरिने, रक्तचाप घट्ने र सास फेर्न अत्यन्त गाह्रो हुने गर्छ ।

    हान्टा भाइरस सङ्क्रमणले निम्त्याउने दुई प्रमुख गम्भीर समस्यामा हान्टा भाइरस पल्मोनरी सिन्ड्रोम (एचपीएस) र हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोम (एचएफआरएस) पर्दछन् । पल्मोनरी सिन्ड्रोममा भाइरसले सिधै फोक्सोमा असर गरी सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, फोक्सोमा तरल पदार्थ जम्ने, रक्तचाप घट्ने, मुटुको धड्कन तीव्र हुने तथा श्वासप्रश्वासमा गम्भीर अवरोध पैदा भई बिरामीको मृत्यु हुन सक्छ । हेमोरेजिक फिभर विथ रिनल सिन्ड्रोममा मुख्यतया मिर्गौलामा असर पर्छ र मिर्गौला फेल हुन सक्छ । भेरियन्टअनुसार लक्षण तथा चिन्ह फरक पर्न सक्छ । हान्टा भाइरसका भेरियन्टमध्ये एन्डिस स्ट्रेन मात्र मानिसबाट मानिसमा सर्ने भेरियन्ट हो । यो चिली र अर्जेन्टिनामा समय–समयमा फैलिने गरेको छ ।

    निदानका उपायहरु के हुन सक्छन् ?

    शङ्कास्पद अवस्थाः सङ्क्रमण फैलिएको स्थानमा बसेको वा भ्रमण गरेको, शङ्कास्पद वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा रहेको तथा एएनडीभी सङ्क्रमणका शङ्कास्पद लक्षण भएका व्यक्ति ।

    सम्भावित अवस्थाः शङ्कास्पद अवस्थाका लक्षण तथा चिन्ह भएका, स्वास्थ्यकर्मीले परीक्षण गरेको, सङ्क्रमित वा सम्भावित केससँग इपिडेमियोलोजिकल सम्बन्ध तथा सम्पर्कमा रहेको तर प्रयोगशाला परीक्षण नभएको व्यक्ति ।

    पुष्टि भएको अवस्थाः आरटी–पिसिआर वा सेरोलोजी परीक्षणबाट एएनडिभी सङ्क्रमण पुष्टि भएको व्यक्ति ।

    समस्या नदेखिएको अवस्थाः शङ्कास्पद वा सम्भावित भए पनि आरटी–पिसीआर वा सेरोलोजी परीक्षणमा एएनडिभी नेगेटिभ आएको व्यक्ति अथवा सम्पर्कमा आएको समयदेखि अधिकतम् ओथारो अवधि पार गरिसकेको व्यक्ति ।

    उपचार कसरी हुनसक्छ ?

    हान्टा भाइरस सङ्क्रमणको कुनै विशेष उपचार, औषधि, खोप वा निश्चित एन्टिभाइरल उपचार उपलब्ध छैन । सङ्क्रमितलाई लाक्षणिक तथा सहयोगात्मक उपचार मात्र गरिन्छ । अफवाह तथा सामाजिक सञ्जालका भ्रममा परी अनावश्यक आतङ्कित हुने वा गराउने काम गर्नु हुँदैन । सरकारले तोकेको आधिकारिक निकायबाट जारी सूचनामा मात्र विश्वास गर्नुपर्छ ।

    रोडेन्टबाट सर्ने रोगहरू, स्क्रब टाइफसलगायतका रोगहरूको नियन्त्रणका लागि मुसा तथा सम्बन्धित रोगबारे थप खोज तथा अनुसन्धान आवश्यक छ । यसले भविष्यमा हुन सक्ने महामारी तथा रोगको जोखिम व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ । व्यक्तिगत तथा वातावरणीय सरसफाइ नै मुख्य बचावटका उपाय भएकाले मुसा नियन्त्रण, सरसफाइमा सतर्कता, खाद्य सुरक्षा तथा वातावरणीय सरसफाइमा ध्यान दिनुपर्छ । घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने तथा मुसाको फोहोर सफा गर्दा पिपिई, मास्क तथा पञ्जा प्रयोग गर्नुपर्छ ।

    साबुनपानीले नियमित हात धुने, भीडभाडमा नजाने, शङ्कास्पद वा सम्भावित सङ्क्रमितसँग भौतिक दूरी कायम गर्ने तथा मास्क प्रयोग गर्नु आवश्यक छ । रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना, जोखिम सञ्चार तथा समुदाय सहभागितालाई बढावा दिनुपर्छ । ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

    नेपालको तयारी कस्तो छ ?

    नेपालमा हालसम्म हान्टा भाइरस सङ्क्रमण पुष्टि भएको आधिकारिक तथ्याङ्क छैन । तथापि, अमेरिकाको सीडीसीको एक रिपोर्टअनुसार सन् २०१७ मा नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनी यात्रुमा श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हान्टा भाइरस पुष्टि भएको थियो । उनले नेपालमा बस्दा लजमा मुसा प्रजातिका जनावरसँग सम्पर्क भएको बताएका थिए ।

    एन्डिस भाइरसबाट सङ्क्रमित मुसा नेपालमा नपाइने, हाल सङ्क्रमित रहेको जहाजका यात्रु नेपाली नभएको तथा कुनै यात्रु नेपाल नआएको जानकारी भए पनि छिमेकी राष्ट्रका नागरिक जहाजमा रहेको उल्लेख गरिएको छ । नेपालमा हालसम्म हान्टा भाइरस पुष्टि नभएकाले जोखिम कम मानिए पनि अन्तर्राष्ट्रिय उडान तथा आवागमन, कमजोर निगरानी तथा परीक्षण प्रणालीका कारण सम्भावित जोखिमलाई पूर्ण रूपमा नकार्न सकिँदैन । नेपालमा दैनिक ४–५ दर्जनभन्दा बढी मुसाको टोकाइका बिरामी अस्पताल आउने गरेका तथ्याङ्क छन् । एशियाली स्ट्रेन विशेषगरी रसिया, जापान तथा कोरियामा देखिने गरेको छ, जहाँ नेपालीहरूको आवतजावत उल्लेख्य छ । तर आवतजावत गर्ने व्यक्तिहरूको न त पर्याप्त स्क्रिनिङ छ न त निगरानी नै ।

    नेपालमै हान्टा भाइरस निदान गर्न सक्ने सुविधा हालसम्म उपलब्ध छैन । परीक्षणका लागि किट नेपालमै ल्याउने वा नमुना विदेश पठाएर परीक्षण गर्ने भन्ने विषयमा समेत स्पष्ट निर्णय भइसकेको छैन । त्यसैले सरकार जोखिम नभएको भन्दै प्रचारप्रसारमा मात्र सीमित नभई परीक्षण, निगरानी, निदान, उपचार व्यवस्थापन तथा पूर्वतयारी र जनचेतनामूलक कार्यमा सक्रिय हुन आवश्यक छ ।

    (लेखक वीर अस्पतालमा मुख तथा दन्त सर्जन प्रमुख हुनुहुन्छ)

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप
    जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बाजुरावासी खुसी
    नेपाली राजनीति र नियति
    गण्डकी प्रदेशमा नौ महिनामा दुई हजार ३११ जनामा डेङ्गु सङ्क्रमण
    धर्मप्रति मजदुरको धारणा

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.