• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

दैलेखको ग्यास सपना : आशा, अन्योल र विकासको प्रतीक्षा


  •   बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
  • दैलेख, ६ जेठ । कर्णालीको विकट भूगोलभित्र लुकेको दैलेखको जलजले क्षेत्र अहिले फेरि राष्ट्रिय बहसको केन्द्रमा आएको छ । जमिनमुनि विशाल प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि भएपछि एक समय देशको ऊर्जा भविष्य बदल्ने आशाका रूपमा हेरिएको यो परियोजना अहिले सरकारी ढिलासुस्ती र स्पष्ट कार्ययोजनाको अभावमा अन्योलमा परेको छ ।

    Advertisement

    भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गरिएको प्रारम्भिक अध्ययनले नेपाललाई आगामी पाँचदेखि छ दशकसम्म पुग्ने प्राकृतिक ग्यास रहेको संकेत गरेको छ । चीन सरकारको आर्थिक सहयोगमा ‘चाइना जिओलोजिकल सर्भे’ले गरेको अध्ययनअनुसार यहाँ करिब ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ । चार हजार मिटरभन्दा बढी गहिराइसम्म सफल ड्रिलिङ सम्पन्न भइसके पनि अबको निर्णायक चरण—व्यावसायिक उत्खनन र उत्पादकत्व परीक्षण—अझै सुरु हुन सकेको छैन ।

    स्थानीयवासी र जनप्रतिनिधिहरू भने अब सरकारको प्रतीक्षामा मात्र बस्न चाहँदैनन् । जेठ ३ गते महाबुलेकमा सम्पन्न दैलेख र कालिकोटका स्थानीय तह, प्रशासन तथा सुरक्षा निकायको संयुक्त बैठकले उत्खनन कार्यलाई तीव्र बनाउन सरकारसँग औपचारिक माग गरेको छ । बैठकले जलजलेको ग्यास परियोजनालाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकालेको छ ।

    यदि दैलेखबाट ग्यास उत्पादन सुरु भयो भने नेपालको ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन आउने विश्वास गरिएको छ । अहिले विदेशबाट आयात गरिने एलपी ग्यास र पेट्रोलियम पदार्थमा खर्च हुने अर्बौँ रुपैयाँ देशभित्रै रोकिन सक्छ । उत्पादित मिथेन ग्यासलाई सवारी साधनका लागि सिएनजी, उद्योगका लागि इन्धन तथा घरायसी भान्सामा प्रयोग गर्न सकिने भएकाले यसले देशको ऊर्जा सुरक्षालाई समेत मजबुत बनाउने अपेक्षा गरिएको छ ।

    स्थानीय अगुवाहरूका अनुसार यो परियोजना दैलेखको मात्र होइन, समग्र नेपालको आर्थिक रूपान्तरणसँग जोडिएको विषय हो । दुल्लु पञ्चकोशी क्षेत्र विकास संस्थाका अध्यक्ष नवीन योगीले सरकारले आगामी नीति तथा कार्यक्रममा यसलाई “शीर्ष राष्ट्रिय प्राथमिकता” का रूपमा अघि बढाउनुपर्ने बताएका छन् । साथै, उत्खननसँगै स्थानीयवासीको रोजगारी सुनिश्चित गरिनुपर्ने र ऐतिहासिक पञ्चकोशी ज्वाला क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने माग पनि उठेको छ ।

    महाबुलेकमा सम्पन्न बैठकले ग्यास उत्खननसँगै त्रिदेशीय रणनीतिक सडक विस्तारको विषय पनि उठाएको छ । नेपाल, भारत र चीनलाई छोटो दूरीमा जोड्ने महाबु सडकखण्डलाई कर्णालीको समृद्धिको “लाइफ लाइन” का रूपमा हेरिएको छ । तर, सडकको अवस्था अत्यन्त जीर्ण भएकाले दैलेख सदरमुकामदेखि महाबुसम्म पुग्नै १६ घण्टा लाग्ने अवस्था छ । यातायात र सञ्चारको चरम अभावबीच सम्पन्न भएको बैठकले कर्णालीको विकट यथार्थलाई फेरि उजागर गरेको छ ।

    जलजलेको जमिनमुनि रहेको ग्यास केवल प्राकृतिक स्रोत मात्र होइन, त्यो नेपालको आर्थिक आत्मनिर्भरताको सम्भावित ढोका पनि हो । तर, त्यो ढोका खुल्ने कि फेरि कागजी योजनामै सीमित हुने भन्ने प्रश्न अहिले पनि अनुत्तरित छ । स्थानीय तहले दबाब बढाइरहेका बेला अब सबैको नजर सरकार र दुई देशबीचको आगामी निर्णयतर्फ केन्द्रित भएको छ ।

    बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.