काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डमा प्रहरीले प्रमाण नष्ट गरेको भनी मुद्वा लागेका एसपी डिल्लीराज बिष्ट सहित ८ जना प्रहरीलाई जिल्ला अदालत कञ्चनपुरले सफाइ दिएको छ ।
पन्तको बलत्कार तथा हत्या काण्डमा प्रहरीबिरुद्ध प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा जिल्ला अदालत कञ्चनपुरमा मुद्दा परेको थियो।
दुई वर्षअघि पन्तको बलत्कार गरी हत्या गरिएको थियो । सो काण्डको छानविनमा लापरवाही गरेको आरोप लागेका एसपी डिल्लीराज बिष्टलाई बर्खास्त गरिएको थियो भने केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी अंगुर जीसीसहित, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउद सात जना प्रहरीलाई निलम्बन गरिएको थियो।
जिल्ला अदालतको यो फैसलासँगै अब उनीहरुलाई काममा फर्काइने प्रहरी स्रोतले जनाएको छ।