दाङ । राष्ट्रिय जनमोर्चा गढवा गाउँपालिकाको आयोजनामा अखिल नेपाल युवक सङ्घका पूर्व जिल्ला अध्यक्ष रुद्र भण्डारीको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
राजमो केन्द्रीय सदस्य तथा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यको प्रमुख आतिथ्यमा २०८३ जेठ ४ गते सोमबार सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशिनाथ पोख्रेल, अखिल नेपाल किसान महासङ्घ (अप्फा) लुम्बिनी प्रदेश सल्लाहकार प्रेमनारायण आचार्य र राजमो गढवा–४ का अध्यक्ष चिन्ताप्रसाद पोख्रेललगायतले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा राजमो दाङका सल्लाहकार गुणनिधि शर्मा, मृतकका दाइ अखिल नेपाल शिक्षक सङ्घ लुम्बिनी प्रदेश समितिका अध्यक्ष लालबहादुर भण्डारीलगायतको आतिथ्य रहेको थियोे ।
राजमो गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन पालिका सचिव टुकमान कुँवरले गर्नुभएको थियोे ।