महेश रिजाल, भालुबाङ (दाङ) ।
Advertisement
राप्ती गाउँपालिकास्तरीय अपाङ्ग सञ्जालको त्रैमासिक नियमित बैठक २०८३ जेठ १ गते मसुरियामा सम्पन्न भएको छ ।
सञ्जालका अध्यक्ष ऋषिराम बस्नेतको अध्यक्षतामा सम्पन्न उक्त बैठकको गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यमा बसेको थियो ।
बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ मा गाउँपालिकाबाट बजेट विनियोजन गर्न माग गर्ने निर्णय गरेको छ ।
माग भएका निर्णयमा अपाङ्गका लागि सहायक सामग्रीका लागि गाउँपालिका परिषद्सित बजेट विनियोजन गरिदिन अनुरोध गर्नुका साथै वडाबाट उठेका अपाङ्गता भएका आवाजका बारेमा छलफल गरी बुलन्द गर्ने निर्णय भएको सचिव सन्तराम चौधरीले जानकारी गराउनुभयो ।
