• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

ट्रम्प–सीबीच व्यापार सहमति


  •   शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
  • बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको उच्चस्तरीय भेटवार्तापछि दुवै देशबीच ‘उत्कृष्ट व्यापार सम्झौता’ भएको दाबी गर्नुभएको छ । विश्वका दुई प्रमुख आर्थिक शक्तिबीच व्यापार, प्रविधि, उड्डयन र अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी विषयमा केन्द्रित शिखर वार्तापछि ट्रम्पले भ्रमणलाई ‘धेरै सफल’ भएको प्रतिक्रिया दिनुभएको हो ।

    Advertisement

    बेइजिङमा आयोजित महाशक्ति शिखर सम्मेलनको अन्तिम चरणको वार्तापछि ट्रम्पले दुवै देशका लागि लाभदायक हुने खालका महत्त्वपूर्ण व्यापारिक समझदारी बनेको बताउनुभयो । फरबिडन सिटी नजिकै रहेको चिनियाँ केन्द्रीय नेतृत्व परिसर झोङनानहाइको बगैँचामा सीसँग सँगै हिँड्दै उहाँले ‘दुवै मुलुकका लागि निकै राम्रो हुने व्यापार सम्झौताहरू सम्पन्न भएको’ उल्लेख गर्नुभयो ।

    ट्रम्पले कृषि, उड्डयन, ऊर्जा र आर्टिफिसियल इन्टेलिजेन्सलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित बेइजिङ भ्रमण गर्नुभएको थियो । साथै मध्यपूर्वको तनावपूर्ण अवस्थादेखि विश्वव्यापी रणनीतिक मतभेदसम्मका विषयमा संवाद कायम राख्ने प्रयास पनि भ्रमणको प्रमुख एजेन्डामा रहेको बताइएको छ ।

    चिनियाँ राष्ट्रपति सी जिनपिङले भ्रमणलाई ‘माइलस्टोन’ अर्थात् ऐतिहासिक महत्त्वको भ्रमणका रूपमा वर्णन गर्दै दुवै देशले ‘रचनात्मक रणनीतिक स्थिरतामा आधारित नयाँ सम्बन्ध’ निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले भविष्यमा सम्बन्धलाई थप सन्तुलित र स्थिर बनाउने दिशामा सहकार्य जारी रहने विश्वास व्यक्त गर्नुभयो ।

    सीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ह्वाइट हाउसको रोज गार्डेनका लागि चिनियाँ फूलका बिउ पठाउने वाचा पनि गर्नुभएको थियो । यसलाई दुई नेताबीचको व्यक्तिगत सम्बन्धलाई मैत्रीपूर्ण बनाउन गरिएको साङ्केतिक पहलका रूपमा हेरिएको छ ।

    शिखर सम्मेलनको पहिलो दिनपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले सी जिनपिङ अमेरिकी पक्षका धेरै प्राथमिकतामा सकारात्मक देखिएको बताउनुभयो । उहाँका अनुसार चीनले अमेरिकी बोइङ कम्पनीका ‘२०० वटा ठूला जेट विमान’ खरिद गर्ने समझदारी जनाएको छ ।

    यद्यपि यसबारे औपचारिक विवरण सार्वजनिक गरिएको छैन ।

    ट्रम्पले चीनले अमेरिकी तेल र सोयाबिन खरिदमा पनि रुचि देखाएको जानकारी दिनुभयो । पछिल्ला वर्षहरूमा व्यापारिक कर र द्विपक्षीय तनावका कारण चीनले अमेरिकी कृषि उत्पादन खरिद घटाउँदै ब्राजिलतर्फ झुकेको थियो । त्यसैले नयाँ समझदारीले अमेरिकी कृषि बजारलाई राहत दिनसक्ने विश्लेषण गरिएको छ ।

    भेटवार्ताका क्रममा मध्यपूर्वको अवस्थाबारे पनि छलफल भएको अमेरिकी पक्षले जनाएको छ । ट्रम्पका अनुसार सी जिनपिङले इरानलाई सैन्य सहयोग उपलब्ध गराउने विषयमा चीनको कुनै योजना नरहेको स्पष्ट पार्नुभएको थियो । साथै विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी खुला राख्नुपर्ने पक्षमा चीन रहेको उहाँले उल्लेख गर्नुभयो ।

    यसैबीच चिनियाँ विदेश मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा ‘व्यापक र दिगो युद्धविराम’ को आवश्यकता औँल्याउँदै अन्तर्राष्ट्रिय ढुवानी मार्गहरू यथाशीघ्र सामान्य अवस्थामा फर्काइनुपर्ने बताएको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प र सीबीच आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० को सुरक्षित र जिम्मेवार प्रयोगका लागि साझा ‘गार्डरेल’ अर्थात् नियामकीय सीमारेखा निर्माणबारे पनि छलफल भएको जानकारी दिनुभयो । उहाँले विश्वका ‘दुई एआई महाशक्ति’ बीच संवाद सुरु हुनु महत्त्वपूर्ण भएको बताउनुभयो ।

    यद्यपि उन्नत प्रविधिमा अमेरिकी निर्यात नियन्त्रण र चिनियाँ प्रविधि पहुँचसम्बन्धी विवाद अझै संवेदनशील विषयका रूपमा कायम रहेको विश्लेषण गरिएको छ ।

    शुक्रबार, जेठ ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन
    गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन
    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • २.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ३.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ४.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • ५.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ६.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ७.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ८.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.