गण्डकी, ३१ वैशाख । पोखरा विश्वविद्यालयको रिक्त उपकुलपतिको पदमा विश्वविद्यालयको दैनिक कार्य सञ्चालन गर्न पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेजका प्रा डा विष्णुराज तिवारीलाई उपकुलपतिको जिम्मेवारी तोकिएको छ ।
Advertisement
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा वैशाख ३० गते गरिएको निर्णय (प्रधानमन्त्री एवं कुलपतिस्तर) बमोजिम प्रा डा तिवारीलाई उक्त जिम्मेवारी तोकिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिनुुभयो । उहाँका अनुसार प्रा डा तिवारीले आजै एक समारोहबीच पदभार ग्रहण गर्नुभएको छ ।